२९ जेठ २०८३, शुक्रबार

फर्पिङमा युवायुवतीको शवसँगै भेटियो विषको बट्टा

फर्पिङमा युवायुवतीको शवसँगै भेटियो विषको बट्टा
प्रतिकात्मक तस्वीर

काठमाडौंको फर्पिङमा युवायुवतीको शव फेला परेको ठाउँ नजिकै विषको बट्टा भेटिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्त कुँवरले विषको बट्टा भेटिएको पुष्टि गरे ।

अन्दाजी २२–२३ वर्षका देखिने युवायुवतीको शव सोमवार दिउँसो फर्पिङमा भेटिएको छ ।

शवको पहिचान खुलेको छैन । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं परिसरको टोली अनुसन्धानका लागि घटनास्थलतर्फ लागेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्