०५ साउन २०८३, मंगलबार

आज प्रतिनिधिसभा बैठक बस्दै

आज प्रतिनिधिसभा बैठक बस्दै
फाइल फोटो

प्रतिनिधि सभाको बैठक आज मंगलवार समेत बस्दैछ ।

सोमवारको बैठकमा विनियोजन विधेयक–२०७९ अन्तर्गत ४ मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल सकिएको छ ।

सोमवारको बैठकमा कानून, न्याय ताथ संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको थियो । 

मंगलवार बिहान साढे ११ बजे बस्ने अर्काे बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विनियोजन विधेयकका शीर्षकमाथि छलफल हुने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

सोमवारको बैठकमा सांसद प्रकाश रसाइली स्नेहीले ५१ प्रतिशत महिला भएको मुलुकको महिला मन्त्रालयका लागि १ प्रतिशत पनि बजेट नछुट्याइनुले कसरी विकास गर्न सकिन्छ भनी प्रश्न गरे ।

सांसद अञ्जना बिसंखेले कानून मन्त्रालयको विषय उठाउँदै कानून कार्यान्वयनको पाटोमा गम्भीर हुनुपर्ने आवश्यकता औंल्याइन् । उनले भूमि व्यवस्था मन्त्रालयले भूमि वितरण कसरी गर्नै भन्ने विषयमा कोही पनि गम्भीर नभएको गुनासो गरिन् ।

salt training

कमेन्ट गर्नुहोस्