१९ असार २०८३, शुक्रबार

जुम्ला जिससको प्रमुखमा कांग्रेसबाट आचार्य उम्मेदवार, जेठ २९ गते निर्वाचन

जुम्ला जिससको प्रमुखमा कांग्रेसबाट आचार्य उम्मेदवार, जेठ २९ गते निर्वाचन

नेपाली कांग्रेसले जिल्ला समन्वय समिति जुम्लाको प्रमुख पदमा चन्दननाथ नगरपालिका–१ का वडा सदस्य गौरीनन्द आचार्यलाई सिफारिस गरेको छ ।

कर्णाली प्रदेश संसदीय समितिको निर्णयअनुसार आचार्यलाई प्रमुखको उम्मेदवारमा सिफारिस गरेको कांग्रेस जुम्लाका पार्टी सचिव अर्जुनसिंह कठायतले जानकारी दिए ।

जिल्लाका ८ स्थानीय तहमध्ये कांग्रेस एक्लैले ५ स्थानीय तहमा अध्यक्ष र १ उपप्रमुखसहित २ उपाध्यक्ष जितेको छ ।

नेकपा माओवादी केन्द्रले २ पालिकामा अध्यक्ष र ३ उपाध्यक्ष जितेको छ । नेकपा एकीकृत समाजवादीले १ उपाध्यक्ष जितेको छ । चन्दननाथ नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

मतदाताका हिसाबले जुम्ला जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख कांग्रेसकै बन्ने पक्काजस्तै छ ।

जिससको नयाँ नेतृत्व चयनका लागि जेठ २९ गते निर्वाचन हुने मुख्य निर्वाचन अधिकृत जवाहरप्रसाद सिंहले जानकारी दिए । विक्रम संवत् २०७४ सालको स्थानीय तह निर्वाचनमा जुम्लामा माओवादी केन्द्रले जिल्ला समन्वय समिति प्रमुख र कांग्रेस उपप्रमुखको नेतृत्व गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्