×

NMB BANK
NIC ASIA

१० दिनदेखि अवरुद्ध फोहोर उठाउनेबारे त्रिपक्षीय सहमतिपत्रमा के छ ?

जेठ २४, २०७९

NTC
Premier Steels

मंगलबारदेखि काठमाडौँको फोहोर व्यवस्थापन सुरु भएको छ । स्थानीयहरुले साइट व्यवस्थापन, स्थानीय पूर्वाधार र साामाजिक जीवन सुधारको माग राखेर विगत १० दिनदेखि फोहोर व्यवस्थापन कार्य रोकेका थिए । सोमबार सहरी विकास मन्त्रालयमा मन्त्री रामकुमारी झाँक्री, महानगरका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोलको रोहबरमा त्रिपक्षीय प्रतिवद्धतामा हस्ताक्षर भएको थियो । हस्ताक्षरमा बञ्चरेडाँडा फोहोर व्यवस्थापन आयोजनाकातर्फबाट निर्देशक रविन्द्र वोहोरा, काठमाडौँ महानगरकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड््याल र धुनिबेँसी नगरपालिकाकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले हस्ताक्षर गरेका हुन् । 

Muktinath Bank

त्रिपक्षीय प्रतिवद्धताअनुसार सहरी विकास मन्त्रालयले प्रभावित क्षेत्रका ५ वटा क्षेत्रका लागि आ. व. २०७९÷०८० मा ४२ करोड ५० लाख रुपैयाँ, नदी नियन्त्रण, सामुदायिक भवन र मन्दिर निर्माण तथा वृक्षारोपण कार्यका लागि १ करोड ७० लाख विनियोजन गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जग्गा अधिग्रहणका सम्बन्धमा वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन प्राप्त भएपछि प्रक्रिया थालनी हुनेछ । यही प्रतिवेदनका आधारमा स्थानीयका लागि १० बेडको अस्पताल सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरिनेछ । प्रतिवेदनकै आधारमा ६ महिनाभित्र सिसडोलको पोष्ट क्लोजरको प्रक्रिया सुरु हुनेछ । 


Advertisment
Nabil box
Kumari

काठमाडौँ महानगरले १ हप्ताभित्र धुनिवेँसी नगरको वडा १, ३ र ४ तथा ककनी गाउँपालिकाको वडा नं. १, २ र ३ प्रभावित क्षेत्रका स्थानीयबासीको स्वास्थ्य वीमा गर्नेछ । यसमा नेपाल स्वास्थ्य वीमा बोर्डको विधि र दोहोरो नपर्ने गरी वीमा हुनेछ । यी वडाहरुलाई यस अघि उपलब्ध गराइँदै आएको पूर्वाधार विकास अनुदानलाई निरन्तरता दिइनेछ । 

Vianet communication

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको प्रतिवेदनका आधारमा ल्याण्डफिल साइटको दुर्गन्ध हटाउन १० दिनभित्रमा रसायनिक वा जैविक उपचार विधि अबलम्बन गरिनेछ । 

अहिले घर बाहिर निकालिएको फोहोर बर्गीकरण सम्भव नभएकाले सडकमा थुप्रिएको फोहोर यथास्थितिमा उठाइनेछ । यो क्रम बढीमा असार मसान्तसम्म चल्नेछ । यसलाई क्रमशः बर्गीकरणको विधि अबलम्बन गरिनेछ । साइटमा पु¥याइएको फोहोरलाई माटोले छोपेर व्यवस्थापन गरिनेछ । 

साउन १ गतेबाट स्रोतमा बर्गीकरण गरिएको फोहोर संकलन तथा ढुवानी कार्य हुनेछ ।   
प्रतिवद्धताअनुसार आजबाट उपयुक्त विधिबाट साइटमा फोहोर व्यवस्थापनका लागि धुनिसेँसी नगर र ककनी गाउँपालिकाले सहयोग र सहजीकरण गर्नेछन् । 

प्रतिवद्धता हस्ताक्षर अवसरमा सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, धुनिवेँसी नगरका प्रमुख बालकृष्ण आचार्य, ललितपुर महानगरकी उपप्रमुख मञ्जली शाक्य, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, उपाध्यक्ष मीठूमाया तामाङ् सहभागी थिए । यसैगरी जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरी, ककनी गाउँपालिका वडा ३ का अध्यक्ष घननाथ बजगाईँलगायत जनप्रतिनिधि तथा पदाधिकारी सहभागी थिए । उनीहरुको रोहवरमा हस्ताक्षर भएको हो । 

साइटमा फोहोर लैजान नसकेपछि टेकुका स्थानीयले ट्रान्सफर स्टेशन बन्द गराएका थिए । नियमित फोहोर ढुवानी हुने भएपछि मात्र खोल्ने उनीहरुले भन्दै आएका थिए । 

महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईकाअनुसार आजैबाट फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापन कार्य थालनी हुनेछ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x