×

NMB BANK
NIC ASIA

के हो बञ्चरे र सिसडोलको विवाद ? किन आन्दोलित छन् स्थानीय ?

जेठ २६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel
  • साकार कोइराला

झण्डै डेढ महिनादेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुन सकेको छैन ।

Muktinath Bank

नुवाकोटको सिसडोल र बञ्चरे डाँडा आसपासका स्थानीयको विरोधका कारण फोहोर बिसर्जन हुन नसकेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसबीचमा शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका जनप्रतिनिधिबीच सहमति भएपनि स्थानीयले अवरोध जारी राखेका छन् ।


Advertisment
Nabil box
Kumari

किन आन्दोलित भए त्यहाँका स्थानीय ? यो प्रश्नको जवाफ जान्न सबैभन्दा पहिले बञ्चरे डाँडा र सिसडोलबारे जान्नुपर्ने हुन्छ ।

Vianet communication
Laxmi Bank

के हो बञ्चरेडाँडा ? कसरी पुग्यो डम्पिङ साइट ?

साकार कोइरालाबञ्चरेडाँडा डाँडाको खोँचमा रहको गहिरो ठाउँ हो । यसको पासैबाट कोल्पुखोला बग्छ । २०५२ सालमा काठमाडौंको मूलपानीस्थित डम्पिङ साइट भरियो । त्यसपछि फोहोर फाल्ने ठाउँको खोजी भयो ।

विभिन्न प्रस्तावहरू आए । त्यही प्रस्तावहरू मध्येको एक प्रस्ताव नुवाकोटको बञ्चरेडाँडा हो ।

यस ठाउँको पहिचान भएपश्चात काठमाडौंका तत्कालीन मेयर पीएल सिंह र तत्कालीन स्थानीय विकासमन्त्री रामचन्द्र पौडेलले बञ्चरेडाँडाको अवलोकन गरे र  स्थानीय बासिन्दासँग समन्वय पनि भयो ।

पीएल सिंहको कार्यकाल सकिएपछि केशव स्थापित मेयर बने । स्थापितले पनि बञ्चरेडाँडामा डम्पिङ साइट बनाउन पूर्वाधार निर्माणको काम अघि बढाउन सकेनन्  ।

त्यसबीचमा जाइकासँगको सहकार्यमा दीर्घकालीन रूपमा काठमाडौंको फोहोर व्यवस्थापन गर्न बञ्चरेडाँडामा साइट निर्माण गर्ने सहमति  भएको थियो ।

अनि सिसडोलचाहिँ के हो ?

सिसडोल बञ्चरेडाँडाबाट करीब दुई किलोमिटर दुरीमा पर्ने ठाउँ हो । बञ्चरेडाँडाको डम्पिङ साइट तयार नहुँदासम्म अस्थायी रूपले त्यहाँ फोहोर फाल्न त्यहाँका स्थानीयवासी र सरोकारवाला निकाय (फोहोरमैला व्यवस्थापन केन्द्र, काठमाडौं महानगर, तत्कालीन ललितपुर उपमहानगर र ओखरपौवा ल्यान्डफिल साइट समन्वय समितिबीच  सम्झौता भएको थियो ।

सम्झौतामा तीन वर्षसम्म मात्र फोहोर सिसडोलमा फाल्ने र त्यो पनि दैनिक ३ सय टन मात्र फाल्ने भनिएको थियो । त्यही सम्झौताअनुसार सिसडोलमा फोहोर फाल्न शुरू भयो । सरकार फेरियो । विभिन्न पार्टीका सरकार आए । विभिन्न व्यक्तिहरू मन्त्री भए तर  सम्झौताअनुसार बञ्चरेडाँडा साइट निर्माणको काम भएन । सिसडोलमा थुप्रिएको फोहोरको पहाड नै ठडिसक्दा पनि बञ्चरेडाँडा साइट निर्माण पूरा गर्न सरकारले पटक्कै ध्यान दिएन।

स्थानीयवासीका अनुसार शुरूका केही महिना व्यवस्थित ढंगले फोहोरमैला बिसर्जन हुने गरेको थियो र  फोहोर फाल्ने ठाउँको सरसफाइमा पनि ध्यान दिइएको थियो । तर केही महिनापछि जथाभावी फोहोरमैला फालिदिँदा डम्पिङ साइट(सिसडोल) नजिक मात्र होइन, वरपरका गाउँ हालको ककनी गाउँपालिका (नुवाकोट)को वडा न. १, २, ३ र धुनीबेशी नगरपालिका (धादिङ)को केही वडाको गाउँमा समेत दुर्गन्ध फैलिन थाल्यो ।

कुकुर र चिलहरूले फोहोरको डुंगुरबाट सिनो ल्याएर गाउँबस्ती दुर्गन्धित र प्रदूषित पार्न थाले। फोहोरबाट रसाउने दूषित पानी त्यहाँको खानेपानी स्रोतमा मिसियो र सिसडोल र छिमेकी गाउँमा झाडापखाला फैलिन थाल्यो। केहीको ज्यान पनि गयो । यसबीचमा १७ जनाको फोहोरका ट्रकले किचेर भएको मृत्यु भएको र  ३५ जनाको क्यान्सरलगायतका रोगबाट मृत्यु भएको स्थानीय बताउँछन् ।

सम्बन्धित निकायहरूको अपरिपक्वता

सरकारले परीक्षणका रूपमा तीन वर्ष मात्र फोहोर फाल्ने भनिएको सिसडोलमा फोहोरको पहाड बन्दै गयो र त्यहाँ दैनिक आठ सय मेट्रिक टनसम्म फोहोर खन्याउन थालियो । यो फोहोरको पहाड माटोले छोपछाप पार्ने र त्यसमाथि रुखबिरूवा रोपेर पार्क बनाउने भनिएको थियो, तर सम्झौताविपरीत नै सिसडोलको फोहोर व्यवस्थापन नगरी बञ्चरेमा फोहोर बिसर्जन गर्न थालियो र त्यहाँका जनताको मागलाई बेवास्ता गरियो ।

यही शृङ्खलाका बीच काठमाडौं महानगरपालिकामा फेरि केही हप्तादेखि फोहोर उठ्न छाडेको छ । फोहोर नउठ्नुको मूल कारण हो, विगत सत्र वर्षदेखिको अव्यवस्थित फोहोरको समस्या । यसले गर्दा स्थानीयबासीले वर्षौंदेखि पटकपटक आन्दोलन गरे । अव्यवस्थित फोहोरकै कारण स्थानीय वातावरण, स्वास्थ्य, त्यहाँको दैनिक जीवनयापनमा गम्भीर समस्या देखापरिरहेको छ ।

राज्यले पटक-पटक सम्झौता गरे पनि पूरा गरेको छैन । केही दिनअघि मात्र शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र स्थानीय जनप्रतिनिधिबीच सम्झौता भयो तर, फेरि राज्यले स्थानीयको आवाज दबाएर जबरजस्ती गर्न खोजेको छ । नागरिकको स्वस्थ वातावरणमा बाँच्न पाउने हक पनि खोसिँदै छ ।

यस समस्याको समाधानभन्दा पनि हिंसातिर गइरहेको प्रस्टै देखिन्छ । विभिन्न मुद्दाहरूमा आवाज उठाउने वातावरण संरक्षणका अभियन्ताहरू पनि यस्ता कुरामा चुप छन् । अब केन्द्रीय सरकारबाटै यस समस्याको उपाय खोजे मात्रै काठमाडौं महानरपालिकाको फोहोर दीर्घकालीन रूपमा बञ्चरे डाँडामा व्यवस्थापन गर्न सकिएला ।

(लेखक धादिङका स्थायी बासिन्दा हुन् ।)

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x