०२ साउन २०८३, शनिबार

कांग्रेसले गठबन्धन नगरिकनै जित्यो २०१ पालिका, गठबन्धन गरेर १२८ मात्रै

कांग्रेसले गठबन्धन नगरिकनै जित्यो २०१ पालिका, गठबन्धन गरेर १२८ मात्रै

स्थानीय तह चुनावमा नेपाली कांग्रेसले गठबन्धन नगरिकनै २०१ पालिका प्रमुख/अध्यक्ष जितेको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा स्थानीय चुनाव अनुगमन, मूल्यांकन तथा सुपरीवेक्षण उपसमितिका संयोजक प्रदीप पौडेलले बुझाएको प्रतिवेदनअनुसार कांग्रेसले ४२३ पालिकामा एकल उम्मेदवारी दिएकोमा २०१ पालिका जितेको हो ।

कांग्रेसले २०९ पालिकामा गठबन्धन गरेर उम्मेदवारी दिँदा १२८ पालिकामा मात्रै जितेको प्रतिवेदनमा उल्लेख छ ।

कांग्रेसले देशैभर ६३२ पालिकामा उम्मेदवारी दिएकोमा ३२९ पालिकामा प्रमुख/अध्यक्ष जितेको छ ।

कांग्रेसले उम्मेदवारी दिएकोमध्ये ५२.०५ प्रतिशत पालिका जितेको छ भने समग्रमा ४३.७ पालिका जितेको छ ।

कांग्रेसले गठबन्धन नगरी ४१६ कार्यकारी पद जितेको छ भने गठबन्धन गरेर २१३ कार्यकारी पद जितेको प्रतिवेदनमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्