२९ जेठ २०८३, शुक्रबार

मुख्यमन्त्री पोखरेल र संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवबीच भेट

मुख्यमन्त्री पोखरेल र संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवबीच भेट

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव कान्नी विंगाराजा नेतृत्वकोे टोलीबीच मुख्यमन्त्री कार्यालयमा आज औपचारिक भेट भएको छ । 

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को एशिया प्यासिफिक रिजनल ब्युरो डाइरेक्टरसमेत रहेकी कान्नीसँगको भेटमा मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश देशको पर्यटकीय राजधानी भएकाले पर्यटन क्षेत्रको समग्र विकासमा सहकार्य गर्नेे इच्छा व्यक्त गरे । 

“सङ्घीयताको सुदृढीकरण, सेवा प्रवाहको प्रभावकारिता, जनप्रतिनिधि तथा कर्मचारीको क्षमता अभिवृद्धि, तथ्याङ्क तथा अभिलेख व्यवस्थापन र अनुभवको आदानप्रदानमा यहाँहरूको सहयोगको अपेक्षा मैले गरेको छु”, उनले भने । गण्डकी प्रदेश सरकारले युएनडिपीसँगको सहकार्यमा ‘दिगो पर्यटन पुनरुत्थान परियोजना’ सञ्चालन गर्न नेपाल सरकारले स्वीकृति दिएको जानकारी गराउँदै उनले युएनडिपीको कार्यालय पोखरामा खोल्न आग्रह गरे । 

सहायक महासचिव विंगाराजाले दिगो पर्यटन विकासका लागि नेपालसँग सहकार्य गर्न आफूहरू तयार रहेको बताइन् । ‘दिगो पर्यटन पुनरुत्थान परियोजना’ सञ्चालनका लागि नेपाल सरकारले अनुमति दिएकामा उनले खुसी व्यक्त गरिन् ।  
पर्यटन, उद्योग, कृषि आदिको पुनरुत्थानका लागि गण्डकी सरकारले काम आरम्भ गरिसकेको उनले बताउइन् । दिगो विकास लक्ष्यलाई आन्तरिकीकरण गरी कार्यान्वयनमा लैजानुका साथै दिगो विकास लक्ष्य हासिल गर्न नसकिने हुँदा यसको स्थानीयकरणको कार्य थालेको उनले बताइन् । 


 

salt training

कमेन्ट गर्नुहोस्