
पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिकाको मौवाखोलामा बसको ठक्करबाट सहचालकको मृत्यु भएको छ ।
काठमाडौँबाट भारतको सिलगीतर्फ जाँदै गरेको बा५ख ७८४३ नम्बरको नेपाल भारतमैत्री बसले सोही बसका सहचालक सुनसरी झुम्काका २३ वर्षीय जनक दाहाललाई ठक्कर दिएको थियो ।
गाडीको ठक्करबाट सहचालक दाहालको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटना आज बिहान करिब ४ बजेको समयमा भएको प्रहरीले जनाएको छ ।
शव परीक्षणका लागि भरतपुर अस्पताल लगिएको छ भने बस र बसका चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ ।