
चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने तोपेखोला स्थित नारायणगढ–मुग्लिन सडकखण्डमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
शुक्रवार बिहान ८ बजेर ४० मिनेट जाँदा सुख्खा पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पहिरो खसेपछि काठमाडौं र पोखरा तर्फ आउने तथा जाने सवारीको आवागमन रोकिएको छ ।
पहिरो पन्छाउन अझै कम्तिमा २ घन्टा लाग्न सक्ने प्रहरीले जनाएको छ ।
२ घन्टापछि भने सडक एकतर्फी खुला हुन सक्ने प्रहरीको अनुमान छ ।
यसअघि बुधवार राति सोही सडकखण्डको कालिखोला र नाग्दीखोलामा पहिरो जाँदा सडक अवरुद्ध बनेको थियो ।