२२ जेठ २०८३, शुक्रबार

कविता – मेरो प्यारो देश नेपाल

कविता – मेरो प्यारो देश नेपाल

प्रत्युश भुसाल

 प्यारो र सुन्दर नेपाल मेरो देश ।
 छन सौन्द्रय नदीनाला बहने अशेष ।।
 वीरताको गाथा बोकेको मेरो देश ।।।
 मठ,मन्दिर,गुम्बा र मस्जिद छन बिशेष ।।।।


देशका बलिया खम्बा हुन सेना र फौजी सिपाही ।
 उभिन्छन् सधैँ  रक्षा कवजमा दिनरात ननिदाई।। 
 दशको वरावर हुन्छ एक हाम्रो वीर गोर्खाली ।।।
 त्यशैले गाउछन दुनियाँले जय मेचिकाली जय गोर्खाली ।।।।
  
दशै, तिहार, छठ, माघी, वकर इद र ल्होसार ।
यिनै हुन् बिबिधतामा एकताको धरोहर।।
साथि छन मेरा यिनै बिबिधता सहित बोकेका चाड र पर्व ।।।
 सबैले मनाउछन् सबैका साथ यसैमा लाग्दछ मलाई  खुशी र गर्व ।।।।
                           

                    

salt training

कमेन्ट गर्नुहोस्