२५ जेठ २०८३, सोमबार

काठमाडौंको फोहोर व्यवस्थापनका लागि साना व्यवस्थापन केन्द्र खोज्नुपर्छ : रामकुमारी झाँक्री

काठमाडौंको फोहोर व्यवस्थापनका लागि साना व्यवस्थापन केन्द्र खोज्नुपर्छ : रामकुमारी झाँक्री
फाइल फोटो

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनका लागि ठूला ल्याण्डफिल्ड साइटको विकल्पमा साना व्यवस्थापन केन्द्र खोज्नुपर्ने बताएका छन् ।

शुक्रवार शहरी विकास मन्त्रालयमा बञ्चरेडाँडावासीसँग भएको छलफलमा मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् ।

उनले ठूला ल्याण्डफिल्ड साइटहरू बन्न समय लाग्ने र बन्न पनि नसकेको भन्दै त्यसको विकल्पको रूपमा स–साना फोहोर, ढल व्यवस्थापन केन्द्र खोज्नुपर्ने बताइन् । उनले शुक्रवारबाट काठमाडौं उपत्यकाको फोहोर उठान सम्बन्धित निकायलाई अनुरोध गरिन् ।

शुक्रवार बिहान सिसडोलवासीसँग शहरी विकासमन्त्री, प्रधानमन्त्री कार्यालयका सचिव लगायत अन्य मन्त्रालयका सचिव, काठमाडौं, ललितपुर महानगरका मेयर ककनी गाउँपालिकाका अध्यक्ष, धुनिबेसी नगरपालिकाका प्रमुख र सम्बन्धित जिल्लाका जनप्रतिनिधि सहितको वार्ता टोलीले फोहोर उठाउने सहमति गरेको छ ।

छलफलमा बोल्दै मन्त्री झाँक्रीले तत्कालको समस्या समाधान गर्न सम्झौता गर्ने र त्यसपछि फर्किएर नजाने प्रवृत्तिका कारण यो समस्या सिर्जना भएको बताइन् । उनले सबै पक्षसँग बसेर छलफल गरिएकाले अब फाहोर नउठ्ने कुरा नरहेको तर सरकारले बञ्चरेडाँडा र सिसडोलवासीको माग पूरा गरेर मात्रै अघि बढ्ने विश्वास दिलाइन् ।

मन्त्री झाँक्रीले यसअघि धेरै सम्झौता र कागज गरिसकेको उल्लेख गर्दै अब कागजभन्दा पनि काममा विश्वास गर्न आग्रह गरिन् । उनले सिसडोलमा गरेको गल्ती बञ्चरे डाँडामा नदोहोर्‍याउने भन्दै फागुन २६ गतेको कार्यदिशाअनुसार नै फोहोर व्यवस्थापन गर्ने बताइन् ।

काठमाडौंको फोहोर व्यवस्थापनका लागि स्थानीयसँग सरकारले १८ बुँदे सहमति गरेको थियो । स्थानीयले विभिन्न माग राख्दै बञ्चरे डाँडामा फोहोर विसर्जन गर्न नदिँदा केही हप्तायता काठमाडौंको फोहोर सडकमै थियो ।

salt training

कमेन्ट गर्नुहोस्