२८ जेठ २०८३, बिहीबार

एमाले उम्मेदवारको भाग्य बलियो ! जिसस कपिलवस्तु प्रमुखमा गोलाप्रथाबाट आचार्य निर्वाचित

एमाले उम्मेदवारको भाग्य बलियो ! जिसस कपिलवस्तु प्रमुखमा गोलाप्रथाबाट आचार्य निर्वाचित

कपिलवस्तुको जिल्ला समन्वय समिति (जिसस) प्रमुखमा नेकपा एमालेका बाबुराम आचार्यले बाजी मारेका छन् ।

२० मत रहेको जिससमा सत्तारुढ गठबन्धनबाट कांग्रेसका ज्ञानबहादुर कार्की र आचार्यले बराबर १०/१० मत ल्याएका थिए ।

उम्मेदवारको मत बराबर भएपछि गोलाप्रथाबाट परिणाम निकाल्दा आचार्यले बाजी मारेका हुन् । 

उपप्रमुख पदमा एमाले, लोसपा, राप्रपा गठबन्धनका रमेश कुर्मी निर्वाचित भएका छन् । जिसस प्रमुखसहित ७ जनाको मत बराबर भएपछि गोला तानेर परिणाम निकालिएको छ ।

निर्वाचनबाट गठबन्धनका कांग्रेसबाट सुनीता चमार, माओवादी केन्द्रका राजेन्द्रप्रसाद कुर्मी, कांग्रेसका मनोहर धुनिया र जसपाका रामु अहिर सदस्यमा निर्वचित भएका छन् ।   

सदस्यमा गोलाप्रथाबाट एमालेकी सकुन्तला भण्डारी र सुमित्रा दमाई तथा जसपाकी सन्ध्या पौडेल खान निर्वाचित भएकी छन् । जिसस कपिलवस्तुको निर्वाचनमा कांग्रेसले जनता समाजवादी पार्टी (जसपा) नेपाल र माओवादी केन्द्रसँग गठबन्धन गरेको थियो ।

एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग चुनावी तालमेल गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्