०२ साउन २०८३, शनिबार

संघीयताको सफल कार्यान्वयनका लागि निर्वाचनमा जुट्न अध्यक्ष ओलीको आग्रह

संघीयताको सफल कार्यान्वयनका लागि निर्वाचनमा जुट्न अध्यक्ष ओलीको आग्रह
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीयताको सफल कार्यान्वयनका लागि अहिलेदेखि निर्वाचनमा जुट्नुपर्ने बताएका छन् ।

नेकपा एमाले मोरङ जिल्ला कमिटीद्वारा शुक्रवार आयोजित बृहत् कार्यकर्ता भेलामा उनले जनताको ठूलो त्याग र बलिदानबाट ल्याएको लोकतन्त्र संरक्षण गर्न आगामी निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा ल्याउन कार्यकर्ता अहिलेदेखि परिचालित हुनुपर्नेमा जोड दिए ।

उनले मुलुकको समृद्धि र विकासका लागि एमालेले प्रदेश तथा संसदीय निर्वाचनमा अत्यधिक स्थानमा विजय हासिल गर्नुपर्ने आवश्यकता औंल्याए । उनले हालै सम्पन्न पालिका निर्वाचनमा पार्टीप्रति विश्वास भएर जनताले लोकप्रिय मत दिएकोमा धन्यवाद समेत दिए ।

अध्यक्ष ओलीले नेकपा एमालेको आधार भनेको स्थानीयस्तरमा बसोबास गर्ने जनता नै भएको विचार राखे । संसद् विघटन गरी नयाँ जनादेशमा जानका लागि निर्वाचनको मिति तोक्नुलाई प्रतिगमन नभएको उनले जिकिर गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्