
भारतको हरियाणा राज्यमा भारतीय कांग्रेसका नेता तथा पूर्वमन्त्री अजय माकन राज्यसभा चुनाव हारेका छन् ।
चुनावमा स्वतन्त्र उम्मेदवार कार्तिकेय शर्मा विजयी भएका छन् । शर्मालाई भारतीय जनता पार्टी (भाजपा) ले समर्थन गरेको थियो ।
राज्यसभाको अर्काे सिटमा भाजपा उम्मेदवार कृष्णलाल पंवार निर्वाचित भएका छन् ।
महाराष्ट्र राज्यका सबै ३ सिटमा भाजपा उम्मेदवार निर्वाचित भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।