×

Dabur
Nic Asia
Marvel

कृषि कर्म

इन्जिनीयरको जागिरमा मोह नगरेर च्याउ फलाउँदै बाबुराजा

विराटनगर | जेठ २८, २०७९

TVS INSIDE

बाबुराजा श्रेष्ठ मेकानिकल इन्जिनीयर हुन् । २०४६ सालमै उनले जापानबाट मेकानिकल इन्जिनीयरिङको पढाइ सकेका थिए । त्यतिबेला मेकानिकल इन्जिनीयर थोरै थिए ।

morang Auto yamaha

उनको मूल घर काठमाडौं हो तर उनले काठमाडौंलाई कर्मथलो बनाएनन् । विराटनगरमा बाल्यकाल बिताएका उनले विराटनगरलाई नै कर्मथलो बनाए ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

जागिर नै खान चाहेका भए उनले त्यतिबेला राम्रै जागिर पनि पाउँथे । उनका लागि अवसर पनि थियो । उनको ध्यान त्यो बेला जागिर खानेमा गएन, बरु उनको ध्यान प्रविधियुक्त कृषिमा गयो । 

बजारमा पाउने चाउचाउको विकल्प खोजेर उनले परम्परागत खानेकुराको संरक्षणमा ध्यान दिए । गुन्द्रुक, मस्यौरा लगायतका खानेकुराको प्रचारसँगै वर्षाैंसम्म राख्न मिल्ने गरीको योजना बनाए ।

Vianet communication
Maruti inside

कृषि इन्जिनीयर भएकाले उनले गुन्द्रुक, मस्यौरालाई सुकाउने (सुक्खा) बनाउने मशिन बनाए । कृषकलाई सिकाउने लक्ष्य राखेर मशिन बनाएर सिकाएको समेत उनले बताए । सुक्खा बनाएर राखेको खानेकुरा धेरै समयसम्म राख्न मिल्ने उनको दाबी छ ।

दूध बेचेर रक्सी किन्ने समाज !

उनी देशका विभिन्न जिल्ला घुमेका छन् । गाउँबस्तीमा पनि आफ्नो उत्पादनभन्दा बजारका चिजमा रमाउनेहरू उनले धेरै भेटेका छन् । विद्यार्थीको हातमा ‘जंक फूड’ देख्दा आँखाबाट आँसु आउने गरेको उनी बताउँछन् ।

भान्साका र्‍याकहरू पनि बजारकै खानेकुराले भरिएका हुन्छन् । पोषणको महत्त्व बुझाउन नसकेका कारणले पनि बालबालिकामा कुपोषण हुने गरेको उनी बताउँछन् । गाउँमा भएका खेतबारी बाँझै छाडेर बजारमा आएर कुकुर पालेको देख्दा अचम्म लाग्ने गरेको उनी बताउँछन् । 

‘मानव स्वास्थ्यका लागि च्याउ महत्त्वपूर्ण खाद्यान्न हो, यसको सेवनबाट प्रोटिन राम्रो पाइन्छ,’ उनले भने । च्याउले उच्च रक्तचाप तथा कोलेस्ट्रोल घटाउन सहयोग गर्ने, क्यान्सर रोग र ट्युमर घटाउन मद्दत गर्ने, अनावश्यक मोटोपन घटाउन सहयोग गर्ने र रक्तनलीमा अवरोधका कारणले हुने समस्यालाई न्यून गर्ने कुरा सिकाउनुपर्ने उनी बताउँछन् ।

‘दूध, दही, अण्डा जस्ता घरमा उत्पादन गरेका वस्तु बेचेर रक्सी, बिस्कुट, कोक किनेर खाने गरेका छन्,’ उनले भने, ‘पौष्टिक आहारको विषयमा जानकारी नहुँदा आफू पनि पौष्टिक तत्व नभएको खाना खाने र बच्चाहरूलाई पनि त्यही दिने चलन छ ।’ बच्चालाई फकाउनका लागि चाउचाउ, बिस्कुट दिनु झन् खतरनाक भएको उनी बताउँछन् ।

‘सोसल मिडियामा आउने विज्ञापनका कारण पनि बालबालिकामा असर पर्‍यो । अहिलेको मेरो अभियान भनेको जंक फूड तथा अल्कोहलजन्य वस्तु नियन्त्रण गर्नु हो,’ उनले भने । देशैभर जंक फूडको असरबारे जानकरी गराउने लक्ष्य लिएको उनले बताए । 

मेकानिकल इन्जिनीयरदेखि अर्ग्यानिक कृषकसम्म

पढाइले मेकानिकल इन्जिनीयर रहेका उनी अहिले पौष्टिक आहाराका रूपमा चिनिने च्याउखेती गरिरहेका छन् । उनले च्याउखेती मात्रै गरेका छैनन्, च्याउ प्रशिक्षण केन्द्रका रूपमा समेत विकास गरिरहेका छन् । च्याउ खेती सिक्न आउनेका लागि निःशुल्क खाना, बस्न दिएर उनले सिकाउने गरेका छन् । 

सिकेपछि व्यवसाय गर्छु भन्नेलाई पहिलो प्राथमिकता दिने गरेको उनी बताउँछन् । परम्परागत खेतीभन्दा पनि प्रविधिको प्रयोगबाट खेती गर्ने गर्छन् उनी । वैकल्पिक ऊर्जामार्फत उनले च्याउखेती गर्ने गरेका छन् ।

पराल काट्नेदेखि बफाउने, सुकाउने, प्याकिङ गर्ने आफैंले मशिन बनाएका छन् । ती मशिनहरू वैकल्पिक ऊर्जा सोलारको प्रयोगबाट चलाउने गर्छन् । सिँचाइ गर्न पानी तान्ने मोटर समेत वैकल्पिक ऊर्जाबाटै चलाइरहेका छन् । उनले १२ महिना नै च्याउ उत्पादन गर्ने गरेका छन् ।

दैनिक ३०–४० किलोसम्म च्याउ उत्पादन हुने गरेको उनी बताउँछन् । ‘उत्पादन गरेको च्याउ बजारसम्म लैजानुपर्दैन,’ उनले भने । बिहान उनको घरमा च्याउ किन्नेको भीड लाग्ने गरेको छ । 

वैकल्पिक ऊर्जामा पनि अब्बल बाबुराजा श्रेष्ठ 

उनी नवीकरणीय ऊर्जामा पनि अब्बल छन् । देशैभर २ घण्टा लोडसेडिङ भएको बेला विद्युत् भार घटाउन वैकल्पिक ऊर्जामा समेत काम गरेका छन् उनले । १४ जना इन्जिनीयर मिलेर नविकरणीय ऊर्जा सोलारको नेपालमा पहिलो कम्पनी खडा भएको थियो । २ जना लगानीकर्ता अमेरिकाबाट पनि नेपाल आएका थिए । तिनै अमेरिकाबाट आएका लगानीकर्ताले ४० घरधुरीलाई निःशुल्क सोलार दिने बताए तर आफ्नो पनि लगानी भएको चिज मात्रै संरक्षण हुन्छ भन्ने ठानेर केही रकम उठाएर ६० घरलाई दिएका थिए । इन्जिनीयरहरूले अमेरिकाबाट पाता मात्रै ल्याएका थिए, बल्ब, ब्याट्री, तार नेपालमै उत्पादन गरेका थिए । 

Mega
TATA Below
NLIC
असार १८, २०७९

२०७९ जेठ २ गते प्रधानमन्त्री शेरबहादुर देउवाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरे । नेपालको इतिहासमा हवाई सेवा शुरू भएको ७२ वर्षपछि बनेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (जीबीआईए) निर्माण ...

असार ९, २०७९

एकातिर फोहोर व्यवस्थापनको चुनौती र अर्कातिर ग्यासको बढ्दो मूल्यका कारण आमसर्वसाधारण मारमा परिरहेका बेला सानो परिमाणमा भने पनि यी दुवै समस्या न्यूनीकरणमा काम आउने एउटा मशिन भक्तपुरमा झण्डै एक दशकदेखि बिग्रिएर अ...

जेठ २२, २०७९

सुर्दशन घिमिरे  [ पर्यटक गाइड हुन् ।] नेपाल सुन्दर प्रकृतीले भरिपूर्ण देश हो । विभिन्न रमणीय क्षेत्र र हिम श्रृङ्खलाले नेपालई विश्वमा नै चिनाएको छ । विश्वका ८ हजार भन्दा माथिका अग्ला ८ वटा हिमाल नेपालमा न...

असार १४, २०७९

​नेपालको औद्योगिक क्षेत्रमा एउटा ब्रान्डको रूपमा स्थापित नाम हो ‘सतिश कुमार मोर’ । वीरगञ्जमा जन्मिएका मोरको नाम आफैंमा ‘ब्रान्ड नेम’ त्यसै बनेको होइन । वीरगञ्जको हावापानी, बुवाको मार्...

असार ११, २०७९

कपिलवस्तुकी निमा सारू मगर माइक्रो बसको झ्यालबाट ‘आउनुहोस् बुटवल, ४ नम्बर, चन्द्रौटा, कृष्णनगर’ भनेर कराउँदै यात्रुलाई बोलाउँछिन् । गाडी चढ्ने/ओराल्ने स्टपमा बस रोकिने बित्तिकै शान्ता मल्ल यात्रुलाई कहाँ...

जेठ २८, २०७९

बुटवललाई औद्योगिक शहर भनिन्छ तर बुटवललाई औद्योगिक ‘हब’ बनाउने पात्रबारे खासै चर्चा/परिचर्चा हुँदैन ।  व्यापारको केन्द्र पुरानो बटौली, भट्टी पसलका रूपमा ख्याती कमाएको खस्यौलीको जति चर्चा छ, त्...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

असार १९, २०७९

हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...

ad
x