
आइतवार दिनभर विभिन्न ७ जिल्ला भइ बहने ससाना नदीहरूमा आकस्मिक वहावको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आइतवार बिहान एक बुलेटिन जारी गर्दै विभागले इलाम, झापा, मोरङ, तेह्रथुम, पाँचथर, पर्वत, स्याङ्जा र आसपास भई बहने केही ससाना नदीहरूमा आकस्मिक वहाव हुन सक्ने जनाएको हो ।
विभागले आगामी ३ दिन प्रमुख नदीमा वहाव सतर्कता तहभन्दा तलै रहने जनाएको छ ।
नदीतटिय क्षेत्रका कार्यहरू सजगताको साथ गर्न सकिने पनि विभागको भनाइ छ ।