१९ असार २०८३, शुक्रबार

युक्रेनसँग रहेको सोभियतकालीन हतियार सकियो, पश्चिमी आपूर्तिमा पूर्णतया निर्भर

जेठ २९, २०७९
युक्रेनसँग रहेको सोभियतकालीन हतियार सकियो, पश्चिमी आपूर्तिमा पूर्णतया निर्भर

युक्रेनसँग रहेको सोभियत वा रुसी हतियार, हावित्जर तोप र अन्य प्रविधि कि पूरै उपयोग भइसकेको कि ध्वस्त भएको अमेरिकाका सैन्य स्रोतहरूले बताएका भनी आरटीले खबर दिएको छ । 

यस्तो अवस्थामा युक्रेन सरकार पश्चिमी साझेदारहरूले दिने हतियारमा पूर्ण निर्भर रहेको उनीहरू बताउँछन् । 

तर युक्रेनी सैनिकहरूले हतियार चलाउने पूर्ण तालिम पाएको ढुक्क भएपछि मात्र हतियार दिन पश्चिमी अधिकारीहरू तयार रहेको बताइएको छ । 

अमेरिका पनि युक्रेनलाई ग्रे ईगल ट्याक्टिकल ड्रोनहरू पठाउन हिचकिचाइरहेको छ । युक्रेनले रुसी भूमिमा उक्त ड्रोनबाट प्रहार गर्न सक्ने र वाशिङटनलाई सिधै मस्कोसँग भिडन्त गर्ने स्थिति ल्याउन सक्ने डर अमेरिकालाई छ ।
 

salt training

कमेन्ट गर्नुहोस्