०६ साउन २०८३, बुधबार

रुसको नयाँ दाउ, खेर्सन क्षेत्रका बासिन्दालाई युक्रेनी बैंकबाट लिएका ऋण माफ

जेठ २९, २०७९
रुसको नयाँ दाउ, खेर्सन क्षेत्रका बासिन्दालाई युक्रेनी बैंकबाट लिएका ऋण माफ

रुसको नियन्त्रणमा रहेको युक्रेनको खेर्सन क्षेत्रका प्रशासनिक उपप्रमुख किरिल स्ट्रेमुओसोभले युक्रेनी बैंकसँग स्थानीय बासिन्दाहरूले लिएको ऋण माफ गरिदिने बताएका छन् । 

खेर्सनवासीहरूलाई रुसमा मिसिनका लागि प्रेरित गर्ने उद्देश्यले यो घोषणा गरिएको हो । 

त्यसअघि स्ट्रेमुओसोभले खेर्सन क्षेत्र आफ्नो जिन्दगीभरि युक्रेनमा नफर्किने बताएका थिए । उनले खेर्सन क्षेत्र रुसमा मिसिनका लागि पूरै तयार रहेको बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्