०२ साउन २०८३, शनिबार

युक्रेनमा युद्ध लड्न आएका बेलायतीलाई दिइएको मृत्युदण्ड नउल्टिने दाबी

जेठ २९, २०७९
युक्रेनमा युद्ध लड्न आएका बेलायतीलाई दिइएको मृत्युदण्ड नउल्टिने दाबी

रुसविरुद्ध युक्रेनको पक्षमा लड्न आएका दुई बेलायती र एक मोरक्कन सैनिकलाई दिइएको मृत्युदण्डको सजाय नउल्टिने डोनेत्स्क जनगणतन्त्रका प्रमुख डेसिन पुशिलिनले बताएका छन् । 

ती भाडाका विदेशी सैनिकको सजाय उल्ट्याउने कुनै आधार नरहेको पुशिलिनको भनाइ छ । 

डोनेत्स्कको सर्वोच्च अदालतले बेलायती सैनिकहरू सीन पिन्नर र आइडन आस्लिनका साथै मोरक्कोका सादौन ब्राहिमलाई मृत्युदण्डको सजाय दिएको छ । 

युक्रेनको पक्षबाट डोनबासमा लडेका उनीहरूलाई युद्धबन्दीको नियम लागू नहुने रुसी र डोनेत्स्कका अधिकारीहरूको भनाइ छ । 

कतिपयले चाहिँ डोनेत्स्क जनगणतन्त्रलाई बेलायतले मान्यता दिएमा दुई बेलायतीको ज्यान बच्न सक्ने सुझाव दिएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्