३१ असार २०८३, बुधबार

रियल मड्रिडले गर्‍यो चुआमेनीलाई ८० मिलियन युरोमा अनुबन्ध

जेठ ३०, २०७९
रियल मड्रिडले गर्‍यो चुआमेनीलाई ८० मिलियन युरोमा अनुबन्ध

स्पेनिस महारथी रियाल मड्रिडले मोनाकोका फ्रान्सेली मिडफिल्डर ओरेलियन चुआमेनीलाई ६ वर्षका लागि अनुबन्ध गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चुआमेनीलाई मड्रिडले ८० मिलियन युरोमा अनुबन्ध गरेको हो । 

दुवै क्लबले यसको आधिकारीक घोषणा गरिसकेका छन् र रियालले चुआमेनीको स्वास्थ्य परीक्षणपश्चात क्लबमा स्वागत कार्यक्रम गर्ने जनाएको छ ।

चुआमेनीले सन् २०२१–२२ मा मोनाकोबाट ३५ खेलमा तीन गोल र दुई असिस्ट गरेका थिए । सेप्टेम्बरमा राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका चुआमेनीले फ्रान्सबाट ११ खेल खेलेका छन् ।

 

salt training

कमेन्ट गर्नुहोस्