२४ असार २०८३, बुधबार

बक्स अफिसमा 'पृथ्वीराज'को कमजोर उपस्थिति, ओटीटीमा रिलिज गर्ने तयारी

जेठ ३०, २०७९
बक्स अफिसमा 'पृथ्वीराज'को कमजोर उपस्थिति, ओटीटीमा रिलिज गर्ने तयारी

बलिउड अभिनेता अक्षय कुमारको स्टारडम पछिल्लो समय खतरामा परेको मानिन थालेको छ । 

लगातार २ फ्लप फिल्म दिएपछि अक्षयको स्टारडमको चिन्ता बलिउडमा परेको हो । 

अक्षयको नयाँ चलचित्र ‘सम्राट पृथ्वीराज’ले बक्स अफिसमा राम्रो व्यापार गर्न सकेन । 

करिब २ सय करोड बजेटमा बनेको यस चलचित्रले बक्स अफिसमा जम्मा ५९ करोड कमाएको बताइएको छ । 

खबरका अनुसार, अब निर्धारित समयअगावै यस चलचित्रलाई ओटीटी प्लेटफर्ममा रिलिज गरिँदैछ । 

पछिल्लो दिनमा यस चलचित्र हेर्नका लागि दर्शक हलमा जान छाडेको बताइएको छ । जसका कारण सम्राट पृथ्वीराजको केही शोहरू क्यान्सिल समेत गरिएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्