११ साउन २०८३, सोमबार

एमाले सचेतकको प्रश्न- किसानलाई धरधरी रुवाउन बनेको हो यो सरकार ?

एमाले सचेतकको प्रश्न- किसानलाई धरधरी रुवाउन बनेको हो यो सरकार ?

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले धान लगाउने समयमा देशभर रासायनिक मल अभाव हुँदा पनि सरकार मौन बसेको भन्दै प्रतिनिधि सभामा स्थगन प्रस्ताव पेश गरेको छ । 

सोमवार प्रतिनिधि सभा बैठकमा स्थगन प्रस्ताव पेश गर्दै एमाले मुख्य सचेतक विशाल भट्टराईले किसानहरू रोइरहेका समयमा आफूहरू चुप लागेर बस्न नसक्ने बताएका हुन् । 

‘सरकार कसरी चलाउनु पर्छ भनेर भन्नेहरू सरकारमा छन् । सरकार कस्तो रहेछ भनेर दिनदिनै झलझली देखिरहेका छौँ,’ भट्टराईले प्रश्न गरे, ‘किसानलाई धरधरी रुवाउन बनेको हो यो सरकार ?’ 

प्रस्तावको समर्थन गर्दै एमालेका राजेन्द्र राईले धान लगाउने समयमा मल नदिने सरकारलाई पदमा बसिराख्ने अधिकार नभएको बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्