
अमेरिकी शोधकर्ताहरुका अनुसार एचआइभीसँग लड्नका लागि भ्याक्सिन बनाउन गाई निकै सहयोगी बन्न सक्ने छ ।
प्रतिक्षाको रुपमा यो जनावर लगातार यस्तो विशेष एन्टीबडिज उत्पादन गर्छन् जसको माध्यमबाट एचआइभी निराकरण गर्न सकिन्छ ।
यस्तो मानिएको छ कि कप्लेक्स तथा ब्याक्टेरिया युक्त पाचन तन्त्रको कारण गाईको प्रतिरक्षा क्षमता ज्यादै विकसित हुन्छ ।
अमेरिकाको नेशनल इन्स्टीच्युट्स अफ हेल्थले यस नयाँ जानकारीलाई ठूलो उपलव्धि भनेको छ ।
एचआइभी एक घातक प्रतिद्वन्द्वी हो र त्यति चाडो आफ्नोस्थिति बदल्छ कि भाइरसका विरामीको प्रतिरक्षा सिस्टममा हमला गर्ने बाटो पाउने छ । एचआइभी आफ्नो उपस्थितिलाई बदलिरहन सक्छ ।
एक भ्याक्सिनले विरामीको रोग प्रतिरोधक पद्दतिको विकास गर्न सक्छ र मानिसलाई सक्रमण भन्दा पहिलो चरणमा बचाउन सक्छ ।
अन्तर्राष्ट्रिय भ्याक्सिन इनिशिएटिव तथा द स्क्रिप्स रिसर्च इन्स्टीच्यूटले गाइको प्रतिरक्षा क्षमतालाई लिएर अनुसन्धान शुरु भएको छ ।
एक शोधकर्ता डाक्टर डेविन सोकले बीबीसी न्यूजलाई बताए,‘यसको परिणामले हामी हैरान भएका छौं ।’
जरुरी एन्टीबडिज गाइको प्रतिरक्षा तन्त्रमा कयौं हप्तामा बन्छ ।
तर मानिसमा यस्तो एन्टीबडी विकसित हुन करिब तीन देखि पाँच वर्ष लाग्छ ।
यसबाट के फाइदा भएको छ भने एचआइभीको उपचारमा गाईको योगदान महत्वपूर्ण हुन्छ ।