२९ असार २०८३, सोमबार

संविधान संशोधन प्रति राप्रपा सकारात्मक

कात्तिक २०, २०७४
संविधान संशोधन प्रति राप्रपा सकारात्मक

काठमाडौं, ६ साउन - राप्रपाको केन्द्रीय कार्य सम्पादन समति बैठकले संबिधान संशोधन विधयक प्रति राप्रपा सकारात्मक रहेको जनाएको छ । यो विषय कार्य सम्पादन बैठकमा निर्णय हुन चाहिँ बाँकी छ ।
कार्य सम्पादन समितिको बैठकले विधेयक पास गराउनको लागि पार्टी एक ढिक्कका भएर लाग्ने निर्णय समेत गरेको छ ।

बैठकले स्थानीय निर्वाचनको समिक्षा गर्नको लागि धु्रवबहादुर प्रधानको संयोजकत्वमा एउटा कार्यदल बनाएको छ । उक्त समितिले एक महिना भित्र प्रतिवेदन पेश गर्ने छ ।

साथै उक्त बैठकले धर्म निरपेक्षताको खारेजीको लागि संसदमा संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ । हिन्दुराष्ट्रको पुर्नस्थापनाका लागि धर्म सांस्कृतिक परिषद् गठन गर्ने समेत निर्णय भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्