
काठमाडौं, ६ साउन — कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आतंकवादको सामना गर्नका लागि बनेको कानूनमा केही संशोधन गर्न निर्देशन जारी गरेका छन् ।

बिहीवार जारी गरिएको निर्देशनमा आतंकवादी, अपराध, आतंकवादी गतिविधि, आतंकवादी तत्त्व, खाता रोक्का र आतंकवादमा लगानी जस्ता शब्दावलिका परिभाषाहरू समावेश गरिएको कतार समाचार संस्थाले जनाएको छ ।
निर्देशनले केही आतंककारी गतिविधिसँग सम्बन्धित प्रक्रियाको पनि पहिचान गरेको छ ।
आतंककारी गतिविधिमा संलग्न रहेको आरोप लागेका व्यक्ति र संस्थालाई अदालतमा आरोपलाई चुनौती दिने अधिकार रहेको पनि निर्देशनमा उल्लेखित छ ।
सरकारी न्युजलेटरमा प्रकाशित हुनेबित्तिकै संशोधन तत्काल लागू हुने बताइएको छ ।
अमेरिका र कतारबीच भएको आतंकवादमाथिको लगानीसम्बन्धी सम्झौतापछि यो निर्देशन आएको हो ।
साउदी अरब, बहराइन, इजिप्ट र युएईले दोहालाई आतंकवादमाथि लगानी गरेको आरोप लगाएका छन् र कतारले आरोपको कडा खण्डन गरेको छ ।
अल–जजीराबाट