२२ जेठ २०८३, शुक्रबार

एनएमबि बैकद्वारा कृषकलाई वित्तीय साक्षरता तालिम

एनएमबि बैकद्वारा कृषकलाई वित्तीय साक्षरता तालिम

एनएमबि बैंकले लालबन्दी (सर्लाही)का तरकारी उत्पादक कृषकहरूलाई वित्तीय साक्षरता तालिम प्रदान गरेको छ । 

तालिममा तरकारी उत्पादक समूहका करिब एक सय ५० जना कृषकहरूको उपस्थिति रहेको थियो । 

बैंकको लघुवित्त विभाग तथा शाखा कार्यालय लालबन्दीद्वारा आयोजित तालिममा उपस्थित कृषकहरूलाई उत्प्रेरणाको साथै बचत, लगानी, विभिन्न प्रकारका कर्जाहरू तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाहरूको बिषयमा वित्तीय शिक्षा प्रदान गर्नुको साथै किसानहरूसंग अन्तक्र्रिया गरी जिज्ञासा तथा सुझावहरू संकलन गरिएको थियो ।

उक्त तालिम कार्यक्रमले त्यहाँका किसानहरूमा वित्तीय ज्ञान प्राप्त भई आत्मनिर्भर बन्न सघाउ पुग्ने र समग्र अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव पार्ने बैंकले विश्वास लिएको छ । कार्यक्रममा एनएमबि बैंकका तर्फबाट लघुवित्त विभागका प्रबन्धक शरद पौडेलले सहजीकरण गरेका थिए भने कार्यक्रमको संयोजन बैंकको लालबन्दी शाखा प्रमुख अरुण कुमार आचार्यले गरेका थिए ।

सर्लाहीको लालबन्दी क्षेत्र तरकारी उत्पादनको लागि अत्यन्तै महत्वपूर्ण पकेट क्षेत्र मानिन्छ । त्यस क्षेत्रका करिब १५ सय किसानहरू प्रत्यक्ष रुपमा व्यवसायिक तरकारी खेतीमा लागेका छन । त्यहाँ उत्पादित तरकारीहरू नेपालका काठमाडौं, पोखरा, बिराटनगर, नारायणगढलगायत विभिन्न सहरहरूमा पुग्छ ।

 
 

salt training

कमेन्ट गर्नुहोस्