२७ जेठ २०८३, बुधबार

टिभी बजारमा ३२ प्रतिशत हिस्सा ओगट्ने एलजीको उद्देश्य

टिभी बजारमा ३२ प्रतिशत हिस्सा ओगट्ने एलजीको उद्देश्य

 दक्षिण कोरियाली उपभोक्ता इलेक्ट्रोनिक्स प्रमुख एलजीले २०२२ मा भारतीय टिभी बजारको ३२ प्रतिशत हिस्सा लिने लक्ष्य राखेको छ ।  

कम्पनीले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय दृष्यको अनुभव प्रदान गर्ने टिभी क्षेत्रमा अग्रणी बन्ने उद्देश्य राखेकाले लोकल इन्साइटका साथै रिटेल र बिक्री पछिको सञ्जाल विस्तार गदै अघि बढ्ने योजना राखेको  एलजी इलेक्ट्रोनिक्सका इन्डिया निर्देशक, होम इन्टरटेन्मेन्ट हाकह्युनकिमले जानकारी दिए । 

एलजी नेपालले पनि स्थानीय बजारमा आफ्नो स्थिति बलियो बनाउने प्रयास गरिरहेको बेला यो विज्ञप्ति आएको हो ।  

'हाम्रो आकांक्षा नम्बर एक टिभी ब्रान्ड बन्ने हो । हामी २०२२ बाट बाहिरिँदा करिब ३२ प्रतिशत बजार हिस्सा हामीसँग हुनेछ,' ह्युमकिमले भने । 

ह्युमकिम थप्छन् – भारतीय टिभी बजार ४.६ बिलियन डलर भएको अनुमान गरिएको छ र यहाँ दक्षिण कोरियालीफर्मको २०२१ मा लगभग २७ प्रतिशतबजार हिस्सा थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्