कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौं महानगरपालिका-२९, कालीकास्थानस्थित ट्रिनिटी कलेजका सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेको आरोपमा चार जना विद्यार्थी पक्राउ परेका छन् ।
मंगलवार दिउँसो साढे १ बजे कलेजमा कार्यरत सुरक्षा गार्डलाई खुकुरी प्रहार गर्ने उनीहरूलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी अधिकारीका अनुसार खुकुरी प्रहारबाट गार्डको बायाँ कानमुनि चोट लागेको छ । घाइतेलाई उद्धार गरी मोडेल अस्पतालमा लगेर उपचार गराइएको र उनी उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार मानविकी संकायमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूबीच १० दिनअघि कलेज परिसरमा बास्केटबल खेल्दा विवाद भएको थियो । सोही विषयलाई लिएर कलेजमा दुई पक्षबीच झै-झगडा हुँदा सुरक्षा गार्ड छुट्याउन गएका थिए । सो क्रममा खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा म्याग्दी घर भई काठमाडौंको तारकेश्वर बानियाँटार बस्ने जोसेन बानियाँ, रामेछाप घर भई काठमाडौं डिल्लीबजार बस्ने बिपिन खत्री, ओखलढुंगा घर भई हाल घट्टेकुलो बस्ने प्रतीक खतिवडा र टोखाका सञ्जीव भण्डारी रहेको प्रहरीले जनाएको छ । उनीहरू सबै १८ वर्षका हुन् ।
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...