
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसीसँगै अन्य कुरा ताँती लागेर आउँछन् भनेर आफूहरूले भनेको कुरा पुष्टि हुँदै गएको बताएका छन् ।
बुधवार प्रतिनिधि सभा बैठकको शुरुमा सभामुखसँग समय लिएर लिङदेनले अहिले चर्चामा रहेको एसपीपी सम्झौताबारे सोचविचार गर्नुपर्ने बताएका हुन् ।
‘एमसीसीबाट पैसा आउने मात्र होइन यसले केही किमि ट्रान्समिटर र केही किमि सडक विस्तार मात्र होइन अरू केही कुरा ताँती लागेर आउँदैछन् भनेर भनेर भनेका थियौँ । त्यसबेला बहुमतको बलमा हतार गरेर एमसीसी पास गरियो । त्यसका पछाडि धेरै कुरा ताँती लागेर आउँदै रहेछन् भन्ने कुरा देखिन थालेको छ,’ लिङदेनले भने, ‘यसप्रकारका गल्ती किन दोहोराइरहेको छ ? एसपीपी लगायत कुरा भविष्यमा देखिँदै छन् ।’
उनले देशमाथि संकट आइलाग्ने खालको क्रियकलाप रोक्न माग गरे ।