२९ जेठ २०८३, शुक्रबार

राप्रपाले माग्यो स्वतन्त्र चुनावी सरकार

राप्रपाले माग्यो स्वतन्त्र चुनावी सरकार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधि सभाको निष्पक्ष निर्वाचनका लागि स्वतन्त्र चुनावी सरकार गठनको माग गरेको छ । 

बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुखसँग समय लिएर राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले निष्पक्ष निर्वाचनका लागि स्वतन्त्र चुनावी सरकार गठन गर्नुपर्ने माग गरेका हुन् । 

‘हामी हाम्रो कार्यकालको अन्तिम अधिवेशनमा छौं, यो सरकारलाई प्रजातन्त्र र निष्पक्षप्रति विश्वास छ भने केही दिनमा आम निर्वाचनको मिति घोषणा हुँदैछ,’ लिङदेनले भने, ‘राप्रपाको तर्फबाट माग गर्न चाहन्छु– निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि स्वतन्त्र चुनावी सरकार गठन होस् ।’

salt training

कमेन्ट गर्नुहोस्