×

NMB BANK
NIC ASIA

राष्ट्र बैंकको अदूरदर्शी नीतिले ४० लाख लगानीकर्ता प्रताडित- गगन थापा

असार १, २०७९

NTC
फाइल तस्वीर।
Premier Steels

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शेयर बजारको विषयमा नेपाल राष्ट्र बैंकले लिएको अदूरदर्शी नीतिका कारण ४० औं लाख लगानीकर्ता प्रताडित भएको बताएका छन् । 

Muktinath Bank

बुधवार प्रतिनिधि सभाको संसद बैठकमा बोल्दै सांसद थापाले राष्ट्र बैंकले लिएको नीतिले शेयर बजारमा संकुचन आएको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘बजारमा रहेको तरलता अभावले शेयर बजारमा समस्या ल्याउनु स्वभाविक हो,’ उनले भने, ‘तर पछिल्लो समय शेयर बजारमा संकुचन आउनु राष्ट्र बैंकले लिएको अदूरदर्शी नीतिका कारण हो ।’


Advertisment
Nabil box
Kumari

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् शेयर धितोमा कर्जा लिन कडाइ गरेको थियो । उक्त नीतिमार्फत न्यूनतम ४ करोड र अधिकतम १२ करोड रूपैयाँमात्रै शेयर कर्जा लिन पाउने केन्द्रीय बैंकको व्यवस्थापछि शेयर बजार निरन्तर घटिरहेको छ ।

Vianet communication

थापाले भने, ‘शेयर बजार सामान्य रूपमा तलमाथि हुन्छ । लगानी गर्नेले यो कुरा बुझ्नु पनि पर्छ । तर, अहिले राष्ट्र बैंकले लिएकै अस्थिर नीतिका कारणले बजार अस्वभाविक रूपमा घटिरहेको छ ।’

शेयर बजारमा आएको ह्रासले सबै लगानीलाई निरुत्साहित गरेको छ । २८ भदौ २०७८ मा ३१९८ सहितको उच्चतम बिन्दुमा पुगेको शेयर बजार परिसूचक मंगलवार १९९९ को बिन्दुमा झरेको छ । नेप्से परिसूचक घट्दै जाँदा शेयर बजारमा नकारात्मक प्रभाव बढिरहेको छ ।

शेयर बजारमाथि स्थायित्व कायम गर्न र विश्वास जगाउन अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्डजस्ता नियमकारी निकायले प्रमुख भूमिका खेल्नुपर्ने भनाइ पनि थापाको छ । नियमनकारी निकायहरूले बजारमा सकारात्मक सन्देश दिन र उनीहरूको भूमिकाको बारेमा समेत सदनलाई जानकारी दिनुपर्ने थापाले बताए । 

‘धितोपत्र बजारमा नीति दिगो र समग्र अर्थतन्त्रको विकास गर्ने खालको हुनुपर्छ । साना लगानीकर्ता आम मानिस हुन् । उनीहरूको लगानी जोखिमको बारेमा सचेतना नगरिएको र यस्तो अवस्थाको संकेत नगरिदिएका कारण शेयर बजार अहिलेको अवस्था पुगेको हो,’ उनले भने । 

शेयर बजारलाई ठीक ठाउँमा ल्याउनै पर्ने भए पनि एकैपटक गर्लाम्मगुर्लुम बजार घट्दा अर्थतन्त्रले थेग्न नसक्ने अवस्थामा पुगेको थापाको बुझाइ छ । शेयर बजार घट्दै जाँदा भोलिका दिनमा यो समस्याले थप पिरोल्न सक्ने भएकोले यसको समस्या समाधान गर्न आवश्यक रहेको पनि उनले बताए ।

‘विश्वव्यापी रुपमा शेयर बजारलाई अर्थतन्त्रको परिसूचकको रूपमा लिइन्छ । शेयर बजारको स्थायित्व र सबलताले लगानीकर्ताको मात्रै नभएर समग्र अर्थन्त्रको सम्मुन्नति हुन्छ,’ थापाले भने, ‘विगत लामो समयदेखि नेपालको शेयर बजार अस्थिर भएको छ । यो सँगै साना लगानीकर्ता त उठ्नै नसक्ने गरी डुबेका छन् ।’

अहिलेको शेयर बजारलाई सुधार्ने र लगानीकर्तालाई प्रोत्साहन गर्ने काम नियामक निकायको भएको पनि थापाले बताए ।

‘प्रत्येक दिन म कहाँ नै १० देखि १५ जना मान्छे आउँछन् । काठमाडौंका नभएर बाहिरका आममान्छेले पनि गुनासो लिएर आउँछन्,’ उनले भने, ‘सानासाना दुःख गरेर कमाउने मान्छे शेयर बजारमा लगेका छन् । यसमा लगानी फसेपछिको पीडाले कोही आत्महत्या गर्छु भन्ने अवस्थासम्म पुगेका छन् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x