२२ जेठ २०८३, शुक्रबार

रामकुमारी झाँक्रीलाई सांसदको प्रश्न– ३० प्रतिशत कमिसनको कुरा के हो ?

रामकुमारी झाँक्रीलाई सांसदको प्रश्न– ३० प्रतिशत कमिसनको कुरा के हो ?
फाइल फोटो

सांसदहरूले कालो सूचीमा परेको एउटा कम्पनीलाई भएभरका आयोजना दिइएकोबारे शहरी विकास मन्त्रीसँग प्रश्न गरेका छन् ।

विनियोजन विधेयकमाथि संसद्मा उठेका प्रश्नको जवाफपछि मन्त्री रामकुमारी झाँक्रीलाई एक महिनामा तीनवटा डीजी फेरिएको बारे पनि सांसदहरूले जिज्ञासा राखेका छन् । 

‘सधैँभरी विकासका ठूला काम ईआरएमसी नामको ठकेदार कम्पनीले पाउने कुरा के हो ? कालोसूचीमा परेको कम्पनीलाई हालै मात्र ५१ वटा प्याकेज ३० प्रतिशत कमिसनमा दिइएको कुरा के हो ?’ एमाले सांसद गंगा चौधरीले प्रश्न गरिन्, ‘मन्त्री बनेको ८ महिनामा तीनवटा डीजी फेर्नुपरेको कारण के हो ? डीजी फेर्दा करोडौं डिल भयो र त्यसको व्यवस्थापन ईआरएमसीले गर्‍यो भन्ने कुरा के हो ?’ 

सांसद विमला विकले कालोसूचीमा परेको कम्पनीलाई ५१ वटा आयोजनाको जिम्मा किन दिइयो ? भनेर प्रश्न गरिन् । ‘विशेष अदालतमा मुद्दा रहेको ईआरएमसीलाई भएभरको काम दिनुपर्ने कारण के हो ?’ सांसद विकले भनिन्, ‘एउटा कम्पनीलाई सक्षम देखाउन १५ देखि २० अंक दिएको कुरा के हो ?’

salt training

कमेन्ट गर्नुहोस्