११ साउन २०८३, सोमबार

कुनै पनि बहानामा सैनिक गठबन्धनको पक्षमा एमाले छैन : शंकर पोखरेल

कुनै पनि बहानामा सैनिक गठबन्धनको पक्षमा एमाले छैन : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारले देशलाई अमेरिकी सैन्य गठबन्धनमा सहभागी गराउन खोजेको भन्दै आपत्ति जनाएका छन् ।

प्रेस चौतारी नेपाल रुपन्देहीले मंगलवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले नेपालको असंलग्न परराष्ट्र नीति विपरीत अमेरिकासँग स्टेट पार्टनसीप प्रोगाम (एसपीपी) सम्झौता गर्न खोजेको बताए । 

पोखरेलले कुनै पनि बहानामा सैनिक गठबन्धनको पक्षमा एमाले नरहेको स्पष्ट पारे । उनले भने, ‘नेपालको असंलग्न परराष्ट्र नीति विपरीत अमेरिकी सैन्य रणनीतिमा देशलाई पुर्‍याएर गलत काम भइरहेको छ । कुनै पनि बहानामा सैनिक गठबन्धनको पक्षमा एमाले छैन । असंलग्न परराष्ट्र नीतिको पक्षमा एमाले छ ।’ 

मुलुकको विकास र समृद्धिका लागि बलियो शक्तिको आवश्यकता रहेको उनले बताए । गठबन्धनको राजनीति नीतिगत अस्थिरता र वैदेशिक चलखेललाई आमन्त्रण गर्ने राजनीति भएकाले आफूहरू त्यसको पक्षमा एमाले नभएको पोखरेलको भनाइ छ ।

लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री समेत रहेका पोखरेलले राज्यमन्त्री विमला वलीबारे आएका टीकाटिप्पणीबारे सरकार बेखबर हुन नपाउने बताए । जनताबाट उठिरहेको प्रश्नको यथोचित जवाफ दिनुपर्ने उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्