२१ जेठ २०८३, बिहीबार

उत्तर कोरियाले कुनै पनि बेलामा आणविक परीक्षण गर्न सक्ने

असार १, २०७९
उत्तर कोरियाले कुनै पनि बेलामा आणविक परीक्षण गर्न सक्ने

उत्तर कोरियाले कुनै पनि समयमा आणविक हतियार परीक्षण गर्न सक्ने दक्षिण कोरियाली समाचार संस्था योन्हापले खबर दिएको छ । 

स्रोतको हवाला दिँदै दिइएको खबरअनुसार, उत्तरका सर्वोच्च नेता किम जोङ–उनले निर्णय लिनेबित्तिकै आणविक परीक्षण गरिनेछ । 

दक्षिण कोरिया र अमेरिकाले यसको प्रतिकार गर्नका लागि विभिन्न उपायहरूमा छलफल गरिरहेको योन्हापको समाचारमा उल्लेख छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को संरचनाभित्र रही उत्तरविरुद्ध कारवाही गर्ने विषयमा पनि छलफल भइरहेको छ । 

उत्तर कोरियाले अहिलेसम्म ६ वटा आणविक परीक्षण गरिसकेको छ । अन्तिमपटक उसले सेप्टेम्बर २०१७ मा त्यस्तो परीक्षण गरेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्