०५ साउन २०८३, मंगलबार

वेबसाइट मार्फत वित्तीय सेवा प्रदान गर्दै सिटिजन्स बैंक

वेबसाइट मार्फत वित्तीय सेवा प्रदान गर्दै सिटिजन्स बैंक

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरूको वेबसाइट मार्फत विभिन्न आवश्यक सेवाहरूको लागि निवेदन दिन मिल्ने ब्यवस्था गरेको छ । 

प्रारम्भिक रुपमा ग्राहकहरूले बैंकमा नगई आफ्नो डिम्याट, मेरोशेयर, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग तथा क्यु आर कोड लगायतका सेवाहरूको लागि अनलाइन मार्फत नै निवेदन दिन सक्ने व्यवस्था बैंकले गरेको हो । 

वेबसाइट मार्फत ग्राहकहरूले मोबाइल तथा इन्टरनेट बैंकिङ्गको निःशुल्क रेजिष्ट्रेशन/बन्द गर्न/पासवर्ड रिसेट, मेरो शेयरको रजिष्ट्रेशन/नविकरण/पासवर्ड रिसेट, सि. आर. एन नम्बर दर्ता तथा जानकारी, क्यु आर कोडको दर्ता/ पासवर्ड रिसेट जस्ता सेवा घरैबाट प्राप्त गर्न सक्नेछन् । 

यी सबै सेवाहरू बैंकको वेबसाइट मार्फत स्मार्ट सर्भिसेज् वा https://servicerequests.ctznbank.com/ मा गएर प्राप्त गर्न सकिने जानकारी बैंकले दिएको छ । 

यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरूले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने र डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ । 

निकट भविष्यमा अन्य थुप्रै सेवाहरूलाई यसमा समावेश गर्दै लाने उद्देश्यका साथ कार्य भइरहेको जानकारी बैंकले गराएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्