१३ असार २०८३, शनिबार

बैतडीका पशुमा खोरेत रोगको समस्या

बैतडीका पशुमा खोरेत रोगको समस्या
प्रतिकात्मक तस्वीर

बैतडी जिल्लाका ४ स्थानीय तहका घरपालुवा पशुमा खोरेत रोगको समस्या देखा परेको छ । 

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका प्रमुख गुमानीदत्त पन्तका अनुसार पाटन नगरपालिका–५, दशरथचन्द नगरपालिका–७, मेलौली नगरपालिका–२ र पञ्चेश्वर गाउँपालिका–५ र ६ मा घरपालुवा पशुमा खोरेत रोगको समस्या देखिएको हो । 

उनले भने, “गाई, भैँसी, गोरु, बाख्रा लगायतका घरपालुवा जनावरमा खोरेत रोगको समस्या देखिएको छ, रोगका कारण घरपालुवा पशु मर्ने समेत गरेका छन् ।’

रोग देखापरेका ठाउँमा खोरेत विरुद्धको खोप अभियान समेत सञ्चालन गरिएको छ ।  अहिले गाउँगाउँमा पुगेर प्राविधिकले खोप लगाउन थालिएको केन्द्रले जनाएको छ । रोगको समस्या देखिएको ठाउँमा अन्य पशुलाई रोग नलागोस् भनेर खोप दिइने गरिन्छ । केन्द्रले खोरेत रोगविरुद्ध खोप निःशुल्क उपलब्ध गराएको छ भने सम्बन्धित पालिकाका प्राविधिकले खोप लगाउने काम गरिरहेका छन् । 

पशुहरूमा खोरेत रोग देखिएमा मुखमा घाउ हुने, खुट्टाको काप र खुरमा घाउ हुने , हिँड्न नसक्ने, जिब्रोमा समेत असर हुने लगायतका लक्षण देखा पर्दछन् । रोग लागिसकेपछि निको हुने सम्भावना कम हुने गरेकाले गोठ सफा राख्ने, सरसफाइमा विशेष ध्यान दिन किसानलाई सुझाव दिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्