२२ जेठ २०८३, शुक्रबार

मंकीपक्सको आशंकामा १ जना बिरामी अस्पताल भर्ना

मंकीपक्सको आशंकामा १ जना बिरामी अस्पताल भर्ना

नेपालमा मंकीपक्सको बिरामी भएको हुनसक्ने आशंकामा १ जना बिरामीलाई आइसोलेट गरिएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १ जना शंकास्पद मंकीपक्स बिरामीलाई भर्ना गरिएको छ ।

अस्पतालको आइसोलेसनमा भर्ना गरिएको भए पनि मंकीपक्स नै हो भन्ने कुराको पहिचान भइसकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले पनि शंका लागेर १ बिरामीलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको जानकारी दिइन् ।

‘त्यो बिरामीलाई ज्वरो लागेको छ, मंकीपक्स हुन सक्ने आशंकामा परीक्षणका लागि टेस्ट गरिएको छ,’ उनले लोकान्तरसँग भनिन्, ‘तर टेस्टको नतिजा भने अहिले आइसकेको छैन ।’

salt training

कमेन्ट गर्नुहोस्