३० असार २०८३, मंगलबार

प्रजातान्त्रिक आन्दोलनमा बिपीको योगदान अतुलनीय

कात्तिक २०, २०७४
प्रजातान्त्रिक आन्दोलनमा बिपीको योगदान अतुलनीय

 

पोखरा, ६ साउन । विश्वेश्वरप्रसाद कोइरालाको ३५औँ स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस कास्कीद्वारा आज लामाचौरमा आयोजित वृक्षरोपण एवं अन्तक्र्रिया कार्यक्रममा नेपालको प्रजातान्त्रिक आन्दोलनमा कोइरालाले पु¥याएको योगदान अतुलनीय भएकामा जोड दिइएको छ । 

तत्कालीन अवस्थामा जहानियाँ राणाशासनका विरुद्ध संघर्ष गरी २००७ सालमा प्रजातन्त्रको स्थापना गराउन नेतृत्व गरेका कोइरालाले पञ्चायती शासनका विरुद्ध पनि संघर्ष गर्नुपरेको बताउँदै कार्यक्रमका वक्ताले उहाँले पु¥याएको योगदानको जगमा नेपाल वर्तमान अवस्थासम्म आइपुगेकामा जोड दिए । 

कार्यक्रममा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा डीला संग्रौलाले बिपीका विचार वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै उहाँका विचारलाई आत्मसात् गरी व्यवहारमा उतार्न सके नै उहाँमाथि सच्चा श्रद्धाञ्जलि हुने उल्लेख गर्नुभयो । 

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले बिपी कोइरालाले आफ्नो जीवनकालमा गरेका संघर्षबाट वर्तमानका राजनीतिकर्मीले धेरै सिक्नुपर्ने धारणा राख्नुभयो । 

नेपाली काँग्रेस कास्कीका पूर्व सभापति शोभियतबहादुर अधिकारीले समकालीन राजनीतिमा कोइरालाले आफूलाई देशको मात्र नभएर अन्तर्राष्ट्रियरुपमा पनि एउटा विशिष्ट राजनेताका रुपमा स्थापित गर्नुभएको बताउनुभयो । 

कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सचिव सुदीपमोहन भट्टराई, कोषाध्यक्ष लक्ष्मी पाण्डे, क्षेत्रीय सभापति पोषनाथ शर्मा, नेपाल महिला संघकी केन्द्रीय सदस्य तारा अधिकारी, सरस्वती गुरुङ, पोखरा लेखनाथ महानगरपालिका वडा नं १९ का पार्टी सभापति महेश्वर पौडेललगायतले नेपाली राजनीतिमा बिपीले पु¥याउनुभएको योगदान वर्तमानमा पनि उत्तिकै सान्दर्भिक भएकामा जोड दिनुभयो । 

उक्त अवसरमा सिसौ, उत्तिस, चाँप, कपुर, लप्सी, पञ्चपल्लव, रुद्राक्ष आदि जातका २०० बिरुवा रोपिएको थियो । रासस 

salt training

कमेन्ट गर्नुहोस्