पुस ६, २०८०
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
असार ३, २०७९
नेपालमा अमेरिकाको हिन्द–प्रशान्त रणनीतिअन्तर्गतको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौताका सम्बन्धमा उठेको विवाद टुंगो लाग्न बाँकी छ ।
एसपीपीका कतिपय बुँदाहरूले नेपालको संवेदनशील भूराजनीतिक सन्तुलन बिगारेर नेपालमा अनावश्यक रूपमा सामरिकीकरण गर्ने भएकाले यसबाट पछि हट्नका लागि अमेरिकालाई औपचारिक पत्र पठाउन परराष्ट्र सम्बन्धका विश्लेषकहरूले नेपाल सरकारलाई सुझाव दिएका छन् ।
काठमाडौंस्थित अमेरिकी दूतावासले पनि नेपालले चाहेमा यस कार्यक्रमबाट फिर्ता हुनका लागि पत्र पठाउन सक्ने बताएको छ । दूतावासका सहचारी म्यानुअल पी मिकालर जुनियरले एसपीपी सम्झौता गरेका ९० देशमध्ये बेलारुस मात्र यसबाट हटेको जानकारी दिएका छन् ।
बेलारुस एसपीपीबाट हट्नुको कारण थाहा पाउनुअघि यसको पृष्ठभूमिको चर्चा गरौं । अमेरिकाको नेसनल गार्डले तयार पारेको मोनोग्राफमा यसको संक्षिप्त उल्लेख छ ।
सन् १९९१ मा सोभियत संघको पतन भएपछि त्यसअन्तर्गत रहेका पूर्वी तथा मध्य युरोपेली मुलुकहरूका सेनालाई लोकतान्त्रिक शासनप्रणाली अनुकूल बनाउन अमेरिकाको रक्षा मन्त्रालयले एउटा कार्यक्रम ल्याएको थियो । त्यसअन्तर्गत अमेरिकी सेनाको जगेडा फौज (रिजर्भ फोर्स) का रूपमा रहेको नेसनल गार्डलाई पूर्वी युरोपेली मुलुकहरूसँग साझेदारी गर्न लगाइएको थियो ।
नेसनल गार्डमा अमेरिकाको संघीय र प्रान्तीय दुवै राज्यको अधिकार रहन्छ र अमेरिकाका ५० वटा राज्यका नेसनल गार्डलाई संसारभरिका ९० देशसँग साझेदारी गराइएको छ ।
सन् १९९२ को अप्रिल १ मा अमेरिकाका तत्कालीन रक्षामन्त्री डिक चेनीले ब्रसेल्सस्थित नेटोको केन्द्रीय कार्यालयमा विभिन्न मुलुकका परराष्ट्रमन्त्रीहरूलाई गरेको सम्बोधनका क्रममा पूर्वी युरोपका लागि अमेरिकाको उद्देश्यबारे स्पष्ट पारेका थिए । कम्युनिस्ट शासनमा रहँदा पूर्वी युरोपेली मुलुकहरूले भोगेको आर्थिक दुरवस्थाबाट मुक्ति दिलाउनका लागि अमेरिकाले प्रयास गरेसँगै सैन्य महत्त्वका तीनवटा गतिविधिलाई प्राथमिकता दिएको थियो ।
पहिलो, लोकतन्त्र निर्माणका लागि सेनाको सहयोगात्मक भूमिकामा जोड दिने र पश्चिमी लोकतन्त्रको मूल्यमान्यता अनुरूप सेनालाई नागरिक कमान्डअन्तर्गत राख्ने ।
दोस्रो, मानवीय सहायता उपलब्ध गराउने । यसमा इच्छुक मुलुकका सेनासँग संयुक्त खोजी तथा उद्धार अभ्यास गर्ने, बाढी नियन्त्रण र भूकम्प राहतमा जोड दिने र विमान दुर्घटना हुँदा उद्धार प्रक्रियामा सहयोग गर्ने ।
तेस्रो, संकट व्यवस्थापन संयन्त्रलाई बलियो बनाउनका लागि अन्य संस्थासँगको सहभागिता क्षमता विकसित गर्ने ।
यी बुँदाहरूको उल्लेख यहाँ किन गरिएको हो भने नेपालमा महाभूकम्प आएपछि अमेरिकी सेना उद्धारका लागि आएको थियो र उसको कामबाट नेपाली सेना प्रभावित भएको थियो । त्यसैले विपत व्यवस्थापन तथा भूकम्प राहतको क्षेत्रमा अमेरिकाको नेसनल गार्ड र नेपाली सेनाबीच राम्रो समन्वय हुन सक्ने सोचका साथ सेनाले सरकारको स्वीकृतिमा एसपीपीमा जोडिन चासो देखाएर पत्र पठाएको थियो ।
खैर, बेलारुसतिरै फर्किऔं । बेलारुस पनि सोभियत संघ पतन हुनुभन्दा ठीक अघि स्वतन्त्र बनेको थियो । त्यसपछि बेलारुसी सेनाको लोकतान्त्रिक अवतरणका लागि अमेरिकाको युठा नेसनल गार्डलाई बेलारुससँग साझेदारी गराइएको थियो । त्यही युठा नेसनल गार्डले नेपालसँग सन् २०१९ मै साझेदारी गरिसकेको नेसनल गार्डको आधिकारिक वेबसाइटमा उल्लेख छ । युठा नेसनल गार्डले पोहोर साल कोभिड–१९ प्रतिकार्यका लागि नेपालमा विभिन्न सरसामग्री ल्याएको थियो ।
बेलारुस र युठा नेसनल गार्डबीचको साझेदारी १९९३ अगस्ट १८ बाट लागू गरिएको थियो । तर अन्य पूर्वी युरोपेली मुलुकहरूसँगको जस्तो गरी पारस्परिक सैन्य सम्पर्क कार्यक्रम बेलारुसमा सम्भव भएन र बेलारुसले एसपीपी परित्याग गर्यो ।
आन्तरिक राजनीतिक कारणले गर्दा बेलारुसले एसपीपी परित्याग गरेको एसपीपीको मोनाग्राफ तयार पार्ने विलियम बी बोहमको दाबी छ ।
स्वतन्त्र भएको केही वर्षसम्म बेलारुससँग अमेरिकाको राम्रो सम्बन्ध कायम भए पनि पछि त्यो बिग्रँदै गएकाले त्यसको असर एसपीपीमा पनि परेको देखिन्छ । अमेरिकाले सन् १९९२ मा बेलारुससँग गरेको ओभरसीज प्राइभेट इन्भेस्टमेन्ट कर्पोरेसन सम्झौता पनि सन् १९९५ मा अन्त्य गरिएको थियो किनकि बेलारुसले सम्झौताअन्तर्गतका दायित्व पूरा नगरेको अमेरिकाको आरोप थियो ।
बेलारुसका बहालवाला राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले नै देश स्वतन्त्र भएदेखि शासन चलाउँदै आएका छन् । उनमा लोकतान्त्रिक चरित्र छैन र उनको लगभग निरंकुश शासन नै चलिरहेको छ । त्यसैले एसपीपी अन्तर्गत बेलारुसी सेनालाई लोकतान्त्रिकीकरण गराउन लुकाशेन्को स्वयं इच्छुक देखिँदैनन् ।
एसपीपीबाट हटेपछि पुनः त्यसमा जोडिनका लागि बेलारुसले कुनै प्रस्ताव गरेको छैन । रुससँग अत्यन्तै निकट सम्बन्ध राख्ने बेलारुस अमेरिकी कार्यक्रममा जोडिने सम्भावना पनि देखिँदैन ।
अझ, सन् २०२० मा भएको राष्ट्रपति निर्वाचनमा लुकाशेन्को पुनः निर्वाचित भएपछि चुनावमा धाँधली भएको भनी विपक्षी दलहरूले आन्दोलन चलाएका थिए । त्यतिखेर अमेरिकाका परराष्ट्रमन्त्री माइक पम्पेओले चुनाव स्वतन्त्र र स्वच्छ नरहेको भन्दै गहिरो चिन्ता व्यक्त गरेका थिए । उनले बेलारुसका सुरक्षाबलहरूलाई नागरिकको स्वतन्त्र रूपमा भेला हुन पाउने अधिकारको सम्मान गर्न र गलत तरिकाले थुनामा राखिएका मानिसलाई मुक्त गर्न पनि आग्रह गरेका थिए ।
यसरी अमेरिकाले चुनावका विषयमा चिन्ता गरेपछि लुकाशेन्कोले विपक्षीहरूको आन्दोलनलाई विदेशीको उक्साहटमा गरिएको ‘कलर रिभोल्युसन’ का रूपमा व्याख्या गरे । आफ्नो छिमेकमा अमेरिकी उक्साहटको चलखेल भएको निष्कर्ष निकाल्दै रुसले पनि लुकाशेन्कोलाई पूर्ण समर्थन गरिदियो । त्यसपछि विपक्षी दलहरूको विद्रोह दबाइयो ।
लुकाशेन्कोलाई दण्ड दिनका लागि भन्दै युरोपेली संघ र अमेरिकाले विभिन्न आर्थिक प्रतिबन्ध लगाएका छन् । अझ, साढे तीन महिनाअघि युक्रेनमाथि रुसले गरेको आक्रमणमा बेलारुसको भूमि भएर समेत रुसी सेना युक्रेनमा प्रवेश गरेपछि अमेरिका र युरोपेली युनियनले बेलारुसको ७० प्रतिशत निर्यातमा रोक लगाउने गरी थप प्रतिबन्धको घोषणा गरेका छन् ।
त्यससँगै अमेरिकाले बेलारुसको राजधानी मिन्स्कमा रहेको आफ्नो दूतावास समेत बन्द गरेको छ । अमेरिका र बेलारुसबीच यस्तो चिसो सम्बन्ध कायम रहेको बेलामा बेलारुस एसपीपीमा पुनः जोडिएला भनी कल्पना गर्न सकिँदैन ।
बरू बेलारुसले रुससँग थप घनीभूत सैन्य सम्बन्ध कायम गरिरहेको छ । आफ्नो शासन जोगाइदिएपछि लुकाशेन्कोले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनप्रति कृतज्ञता व्यक्त गर्दै क्राइमियालाई रुसी भूभाग भनी सार्वजनिक रूपमा स्वीकार गरे जबकि त्यसअघि उनी त्यस विषयमा तटस्थ थिए ।
त्यस्तै युक्रेनमाथि रुसले आक्रमण गर्नुअघि रुसी र बेलारुसी सैनिकहरूले बेलारुसमा संयुक्त सैन्य अभ्यास गरेका थिए । अभ्यास सकिएपछि रुसी सैनिकहरू घर फर्किन्छन् भनी बेलारुसले आश्वासन दिएको भए पनि ३० हजार रुसी सैनिक बेलारुसमै बसे अनि युद्ध शुरूभएपछि तीमध्ये कतिपय सैनिक युक्रेनी भूमिमा प्रवेश गरे ।
त्यसअघि रुसले हेलिकप्टर र हवाई प्रतिरक्षा प्रणाली सहितका सैन्य उपकरण बेलारुस–युक्रेन सीमामा पठाउने भनी लुकाशेन्कोले सन् २०२१ को सेप्टेम्बर महिनामा घोषणा गरेका थिए । यसरी बेलारुसले आफ्नो भूमिमा रुसी सेना र हतियार तैनाथ गरेर रुससँगको सैन्य सम्बन्ध थप बलियो बनाएका छन् ।
रुसलाई खुशी बनाउनका लागि बेलारुसले आफ्नो संविधान संशोधन गरेर आणविक हतियार नराख्ने प्रतिबद्धतालाई समेत परित्याग गरेको छ । यससँगै बेलारुसी भूमिमा रुसको आणविक हतियार तैनाथ गर्ने बाटो खुलेको छ । नेटोले जर्मनीबाट पूर्वी युरोपमा आणविक हतियार ल्याएमा रुसको आणविक हतियार आफ्नो देशमा राख्न दिने घोषणा लुकाशेन्कोले गरेका छन् ।
रुसले बेलारुस तथा युक्रेन छुट्टै देश नभई आफ्नै भूभाग भएको विश्वास गर्ने गरेको छ । सन् २०२१ मा प्रकाशित पुटिनको लामो निबन्धमा रुसी, युक्रेनी र बेलारुसीहरू सबै प्राचीन रुसका सन्तति भएको उल्लेख छ । एक विशाल राज्यअन्तर्गतका त्रिराष्ट्रका रूपमा उनले तीनवटा देशलाई अर्थ्याएका छन् । पुटिनको यस भाष्यलाई लुकाशेन्कोले विना हिचकिचाहट अपनाएका छन् ।
अर्थात्, बेलारुस सार्वभौम मुलुक भए पनि वस्तुगत रूपमा पूर्णतया रुसको अधीनमा छ । कम्तीमा लुकाशेन्को शासनमा रहुन्जेल यही स्थिति कायम रहनेछ । यस्तो अवस्थामा बेलारुसले अमेरिकासँग एसपीपी लगायतका कुनै पनि सैन्य सम्झौता गर्ने प्रश्नै उठ्दैन ।
एसपीपीको मोनोग्राफमा अल्बेनिया नामक मुलुकले अमेरिकाको साउथ क्यारोलाइना राज्यसँग एसपीपी गरेको तर त्यहाँको आन्तरिक राजनीतिका कारण अहिले एसपीपी निष्क्रिय रहेको उल्लेख छ । अल्बेनियामा एसपीपी निष्क्रिय रहे पनि ऊ त्यस कार्यक्रमबाट हटेको चाहिँ छैन ।
त्यसैगरी मध्य एसियाली मुलुक तुर्कमेनिस्तानले अमेरिकाको नेभाडा राज्यसँग सन् १९९६ मा एसपीपी गरेको भए पनि सन् २०११ मा त्यसको अन्त्य गरेको थियो । तुर्कमेनिस्तानको आन्तरिक राजनीतिले गर्दा एसपीपी अन्त्य गरेको बताइन्छ । तर तुर्कमेनिस्तानले सन् २०२१ मा अमेरिकाको मोन्टाना राज्यसँग एसपीपी सम्झौता गरेको छ ।
यसरी एसपीपीबाट औपचारिक रूपमा हट्ने संसारको एक मात्र मुलुक बेलारुस हो । महाशक्तिको सामरिक द्वन्द्वको मैदान बन्न नदिनका लागि नेपाल पनि एसपीपीबाट हट्नुपर्ने विश्लेषकहरूको मत छ ।
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...