
प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी) मा सेप्टेम्बरदेखि विकेण्ड इएमबिए प्रोग्राम शुरू हुने भएको छ ।
बेलायतको लिड्स बेक्केट विश्वविद्यालयसँग पार्टनरसिपमा सञ्चालित ब्रिटिस कलेज, ब्रिटिस विकेण्ड इएमबिए कार्यक्रम सञ्चालन गर्ने नेपालको एकमात्र संस्था हो ।
आफ्नो काम र व्यक्तिगत जीवनलाई सन्तुलित राख्दै यो डिग्री हासिल गर्न चाहने व्यवसायिकहरूका लागि यो परिवर्तनकारी नेतृत्व पाठ्यक्रम बनाइएको कलेजले जनाएको छ ।
यो प्रोग्राम विद्यार्थीहरूलाई शुक्रवार साँझ, शनिवार बिहान र दिउँसो र प्रत्येक दोस्रो आइतार कक्षाहरू सञ्चालन हुनेछन् । विद्यार्थीहरूले काम गर्दै सहज र सरल रुपमा अध्ययन गर्ने वातावरण द ब्रिटिस कलेजले उपलब्ध गराउन लागेको हो ।
इएमबिए अध्ययन गर्न आवेदन दिन चाहने विद्यार्थीले करिब दुई वर्षको व्यवस्थापकीय अनुभव हुनुपर्ने कलेजले जनाएको छ ।
वरिष्ठ व्यवस्थापन र नेतृत्वदायी भुमिकामा खेल्ने व्यवसायिकहरूलाई यस विषयले लक्षित गर्छ । ब्रिटिस कलेजले आफ्नो नेटवर्कमार्फत विद्यार्थीहरूलाई अवसरहरू (जस्तैः प्रमुख उद्योग सल्लाहकार बोर्डसँग भेट्ने, कन्सलटेन्सी प्रोजेक्टमा) प्रदान गर्नेछ ।
ब्रिटिस कलेजमा विकेण्ड इएमबिए प्रोग्रामका लागि भर्ना सुरु भइसकेको छ । साथै, पहिलो इन्टेकमा अध्ययन गर्ने विद्यार्थीहरूले दुवई वा सिंगापुरमा अन्तराष्ट्रिय एक्सपोजर पाउनेछन् ।
प्रोगामवारे चर्चा गर्दै विजनेश स्कुलकी प्रमुख सुनिता बस्नेत भन्छिन्,‘पछिल्ले समय प्रतिस्पर्धा बढ्लो छ । विश्वले निरन्तर व्यवसायको स्केलेविलिटीको वारेमा मात्र नभई समाजमा योगदान पुर्याउन सक्ने नेतृत्वको माग गर्दै आइरहेको छ । यसले यो पाठ्यक्रमले नयाँ पुस्ताका लागि बाटो खुलाउनेछ । व्यवसायिक रुपमा काम गर्न यो प्रोग्रामले महत्वपुर्ण भुमिका खेल्नेछ । हामीले सोही कारण यो प्रोग्राम ल्याएका हौँ जसले व्यवस्थापकिय नेतृत्वमा र परिवर्तनको भुमिका खेल्न व्यवसायिकहरूको आवश्यकता पुरा गर्दछ ।’