
वन्यजन्तुको आक्रमणबाट दुई महिनामा ११ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख महिनादेखि हालसम्म वन्यजन्तुको आक्रमणबाट ११ जनाको मृत्यु, २२ जना घाइते भएका छन् ।
बिहीवार मात्रै चितवनमा निगुरो टिप्न राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा गएका महिलाहरूलाई पाटेबाघले आक्रमण गरेको थियो । त्यहाँ एक महिलाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।