२६ जेठ २०८३, मंगलबार

सुजाताको स्वरमा ‘मेरो बोली सुन्दा’को फिमेल भर्सन [भिडियोसहित]

सुजाताको स्वरमा ‘मेरो बोली सुन्दा’को फिमेल भर्सन [भिडियोसहित]

मेरो बोली सुन्दा, तिम्रो मन दुख्छ भने
म सामु पर्दा तिम्रो शिर झुक्छ भने
तिम्रो शहर छोडी टाढा गइदिन सक्छु म, तिम्रो नजरदेखि टाढा भइदिन सक्छु म 

एक दशकभन्दा अगाडि गायक रूपक डोटेलको स्वरमा सार्वजनिक ‘मेरो बोली सुन्दा’ गीतलाई युवा पुस्ताका स्रोता दर्शकले निकै रुचाएका थिए । अहिले पनि यो गीत गुनगुनाउनेहरू भेटिन्छन् ।

वियोगान्त खालको प्रेमगीतलाई मुनाल शिशिरले लेखेका थिए भने नरहरी प्रेमीले संगीत भरेका थिए । सोही ‘हिट’ गीत यतिबेला महिला आवाजमा सार्वजनिक भएको छ । शुक्रवार गायिका सुजाता केसीको स्वरमा गीतको ‘फिमेल भर्सन’ सार्वजनिक भएको हो । गीतमा उदयराज पौडेलको एरेन्ज छ । 

गीतकार मुनाल शिशिरकै निर्देशनमा भिडियो तयार पारिएको छ । भिडियोमा निर्देशकले प्रेममा जात तगारो बनेपछिको कथालाई देखाएका छन् । ‘रुप चल्यो, प्रेम चल्यो, शरीर पनि चल्यो तर जब इज्जतसाथ घर भित्र्याउने कुरा भयो मेरो जात चलेन,’ भिडियोको शुरूमा महिला पात्रले बोल्ने संवादले भिडियोले पेश गर्न खोजेको कुरा बताउँछ । 

भिडियोमा मोडल दिक्पाल कार्की, रोशनी कार्की र ईष्टु कार्कीको अभिनय छ । गायिका सुजाताले यसअघि ‘बाजा बजाउँदै’, ‘ओई कान्छी’, ‘कुरा सिधा छ’ जस्ता गीतहरू सार्वजनिक गरिसकेकी छन् । ‘मेरो बोली सुन्दा’को फिमेल भर्सनलाई पनि स्रोता दर्शकले रुचाउने उनको अपेक्षा छ ।

‘हामीले निकै मेहनत गरेका छौं । मेरो अलि फरक काम पनि हो । सबैको मायाको अपेक्षा गरेका छौं,’ उनी भन्छिन् । सुजन श्रेष्ठको छायांकन रहेको भिडियो दिन्शन शाहको सम्पादनपश्चात सार्वजनिक भएको हो । गायिकाकै ‘सुजाता केसी’ यूट्युब च्यानलमा भिडियो हेर्न सकिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्