२७ असार २०८३, शनिबार

गृह र कानून मन्त्रीले एमाले अध्यक्ष ओलीसँगको भेटमा के गरे कुराकानी ?

गृह र कानून मन्त्रीले एमाले अध्यक्ष ओलीसँगको भेटमा के गरे कुराकानी ?

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग गृहमन्त्री बालकृष्ण खाँण र कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले भेटवार्ता गरेका छन् ।

भक्तपुरको बालकोटस्थित अध्यक्ष ओलीको निवासमा भएको भेटमा नागरिकता विधेयकलाई राजनीतिक सहमतिमा अगाडि बढाउने विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालेले जनाएको छ ।

सचिवालयका अनुसार नागरिकता विधेयक सदनमा अगाडि बढाउने र दलीय सहमतिमा पास गर्ने विषयमा सकारात्मक छलफल भएको गृहमन्त्री खाँणले बताए ।

सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसद्मा पेश गरेर पास गर्ने तयारी गरिरहेको छ । गृहमन्त्री खाँणले विधेयबारे पटक–पटक दलहरूसँग छलफल गरेका छन् ।

उनीहरूले यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरिसकेका छन् ।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधि सभामा पेश भएको छ । नागरिकतामा नेपाली पुरुषसँग विवाह गरी आउने विदेश महिलालाई दिने नागरिकता लगायतमा दलहरूबीच सहमति जुट्न सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्