११ साउन २०८३, सोमबार

सहमतिमा प्रदेश सरकार खारेज गरौं- कमल थापा

सहमतिमा प्रदेश सरकार खारेज गरौं- कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले दलहरूबीच आपसी सहमति र विश्वासको वातावरण सिर्जना गरी प्रदेश सरकारको व्यवस्था खारेज गर्नुपर्ने बताएका छन् । साथै हिन्दूराष्ट्र कायम गर्नु उपयुक्त हुने उनले बताए । 

शनिवार पार्टी आबद्ध जनवर्गीय संगठनहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापाले आर्थिक रुपमा मुलुक टाट हुने अवस्थामा पुग्न सक्ने डरलाग्दो अवस्था भएको र संघीय व्यवस्था आर्थिक रुपमा बोझिलो भएकातर्फ राज्य सञ्चालकहरू चिन्तित नहुनु विडम्बना भएको बताए । 

'सुदृढ स्थानीय स्वायत्त शासन अनुरुपको अधिकार सम्पन्न स्थानीय निकाय र बलियो केन्द्रीय सरकार भए पुग्छ, बीचको संरचना आवश्यक छैन,' थापाले भने । 

बैठकले आगामी असार १८ गते काठमाडौंमा जनवर्गीय संगठनको संयुक्त भेला गर्ने र असार २४ र २५ गते राष्ट्रिय सनातन धर्म सम्मेलन गर्ने निर्णय गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । 

बैठकमा संगठनका प्रमुखहरूले संगठनका गतिविधि र भावी कार्ययोजना प्रस्तुत गरेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्