काठमाडौँ, ६ साउन - मानव अधिकार तथा शान्ति समाजले घृणात्मक अभिव्यक्तिलाई दण्डनीय बनाउन माग गरेको छ ।
समाजका अध्यक्ष गंगाधर अधिकारीले आज जारी गरेको विज्ञप्तिमा वाक स्वतन्त्रताका नाममा घृणाको खेती गर्ने र हिंसालाई बढावा दिने कार्य अपराध भएको उल्लेख गरेको छ । अर्काे प्रसङ्गमा समाजले ‘सैनिक पत्रकारिता’ को अवधारणा लोकतान्त्रिक समाज र स्वतन्त्र पे्रसको मान्यता विपरीत रहेको जनाएको छ । रासस