०८ असार २०८३, सोमबार

यस वर्ष नागपञ्चमीकै दिन रक्षाबन्धन

कात्तिक २०, २०७४
यस वर्ष नागपञ्चमीकै दिन रक्षाबन्धन
janaiकाठमाडौँ, ६ साउन - नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष साउन १३ गते श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीकै दिन उपकर्म, ऋषितर्पणी र रक्षाबन्धन पर्व मनाउन शास्त्र संवत् रहेको जनाएको छ ।

साउन २३ गते श्रावण शुक्ल पूर्णिमाका दिन अर्धरात्रिपूर्व खण्डग्रास चन्द्रग्रहण परेकाले नागपञ्चमीकै दिन उक्त पर्व मनाउनुपर्ने सत्कर्म रत्नावली, निर्णय सिन्धु, कृत्यबाटिकालगायत ग्रन्थमा उल्लेख गरिएको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

गोसाइँकुण्ड, कुम्भेश्वरलगायत कुण्ड एवं पोखरीमा लाग्ने स्नान मेला, जात्रा र नेवारी समुदायमा प्रचलित भ्यागुतालाई भात खुवाउने पर्व भने साउन २३ गते पूर्णिमाका दिन गर्न हुने समितिले जनाएको छ ।

चन्द्रग्रहण र संक्रान्तिका दिन श्रावण शुक्लपूर्णिमा परेमा उपाकर्म, ऋषि तर्पणी र रक्षाबन्धन पर्व नागपञ्चमीमा मनाउनुपर्ने शास्त्रीय वचन रहेको उहाँले बताउनुभयो ।

यसअघि विसं १९६२, १९८२, २०२८ र २०४७ मा पनि श्रावण शुक्लपूर्णिमामा चन्द्रग्रहण लागेकाले नागपञ्चमीमा उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन पर्व मनाइएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले बताउनुभयो । रासस

salt training

कमेन्ट गर्नुहोस्