११ साउन २०८३, सोमबार

एक बहिनीको पीडाः ‘भाइले काखमा बसाउँथे, पछि यस्तो गर्थे’

कात्तिक २०, २०७४
एक बहिनीको पीडाः ‘भाइले काखमा बसाउँथे, पछि यस्तो गर्थे’

‘जब मानिस आफ्नो बाल्यकालको किस्सा बताउँछन् तव मेरो मन डराउँछ । राम्रो लाग्दैन जब त्यो छिमेकी किस्सा, साथीका साथ मस्तीका कुराकानी शेयर गर्छन् । मेरो दिलले कराएर भन्न मन लाग्छ तिमीहरु चुप लाग ।
मानिसका लागि जिन्दगीका सवैभन्दा राम्रो हिस्सा बालकअवस्थामा हुन्छ तर मेरो थिएन, मेरो लागि यो मात्र नराम्रो याद हो ।’

दीपाको शव्दबाट उनको बेचैनी अन्दाज लगाउन सकिन्छ । जब दीपा(परिवर्तिन नाम) यो सवै कुराले थाहा हुन्छ कि उनी पिडामा थिइन् ।

आज दीपा २६ वर्षकी छिन् तर ६ वर्षको उमेरमा जे उनका साथमा भयो अहिले पनि उनको भित्र रहेको छ । २० वर्षमा पनि उनी उनको अगाडि कहिले काही आउने गरेको पीडा बीबीसीमा छापिएको छ ।

दीपा भन्छिन्,‘उनी हाम्रो छिमेकमा नै बस्थे, पारिवारिक संस्कार थियो त्यसकारण छिमेकी कुनै नातेदार भन्दा कम थिएनन् । मेरी आमा उनकी भाउजु थिइन् । दुई घरमा यति नजिकको सम्बन्ध थियाे की हामी घर नभएको जस्तो थिएनौं, सवैले एक अर्कालाई निकै विश्वास गर्थे ।’

यो सवै साइकलमा घुमाउन लाने लालचाबाट शुरु भएको थियो । दीपा उनलाई दाई भनेर बोलाउथिन् । उनी भन्थिन्,‘मलाइ किस गर्न या काखमा राख्नु उनलाई कहिले अनौठो थिए । लागोस् पनि किन किनकी दाईले सधै ठूलाको अगाडि पनि मलाई काखमा बसाउँथे र किस गर्थे । यसबारेमा मैले आपत्ति जनाइन । जब म ६ वर्षको बालिका थिए एक रातबाट नयाँ खेल शुरु भयो ।’

दीपा भन्छिन्, ‘म माथि गलत भइरहेको थियो । जव उनी घरमा एक्लै हुन्थे तव म माथि गलत गर्थे । बहुत गलत । त्यो बलात्कार थिएन तर बलात्कार भन्दा कम थिएन । मलाई त्यस समय गलतत लाग्थ्यो तर उनले मलाई यकिन दिएका थिए कि यो सवै सामान्य हो । हरेकले यस्तो गर्छन् । सवका एक गोप्य पार्टनर हुन्छन्, जसको बारेमा कुरा हुँदैन ।’

दीपाले उ बाट जोगिन् पनि खोजिन् तर केही केही बाहनामा उनलाई बोलाउथे । उनको घरमा उ भन्दा ठूलो दाइ पनि थियो । तर त्यस दिन उ(दाई) घरमा एक्लै थियो ।

मलाई किन यस्तो लाग्यो थाहा छैन तर उसले पनि त्यही गर्छ जो उसको भाइले गरिआएको छ जस्तो लाग्यो । म चुपचाप उनको अगाडि त्यसैगरि गए जसरी म उनको भाइको अगाडि जाने गर्थे । तर शायद दाइले चाही मलाई बहिनी नै मान्थे । मलाई बेसरी गाली गरेर जान भने । त्यसदिन पहिलोपटक थाहा भयो यो सव जे भइरहेको छ त्यो नर्मल होइन भन्ने ।

दीपालाई यो सवैको अन्त्य कसरी भन्ने त राम्रो सँग थाहा छैन तर जब उनीहरु त्यस ठाउँबाट अन्यत्र गए त्यसवेला उनलाई सवैभन्दा खुसी लाग्यो ।

आज पनि उनलाई त्यो डरले सताइरन्छ । उनी एक हाउस वाइफ हुन् । उनले आफ्नो बाल्यकालको घटनाबारे आफ्ना पतिलाई पनि बताइन् । उनका पतिले त्यसमा दीपको कुनै गल्ती नभएको भन्दै उनलाई थप हौसला दिए तर पनि कहिले काही दीपा चिन्तामा पर्छिन् । यस्तो समाजसँग आफ्ना छोराछोरीलाई कसरी सुरक्षीत गर्ने भन्दै । जसका कारण उनी डिप्रेसनको शिकार समेत भइन् ।

salt training

कमेन्ट गर्नुहोस्