
१४ वर्षीया बालिकालाई यौन दुराचार गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।
बालयौन दुराचार गरेको आरोपमा मेचीनगर नगरपालिका-१० खयरडाँगी शान्ति टोल बस्ने ३५ वर्षीय संजिव बराललाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बरालले ती बालिकालाई मेची अस्पताल धुलाबारीबाट मोटरसाइकलमा राखी घरतर्फ लाने क्रममा मेचीनगर नगरपालिका-१० नन्दा पेट्रोल पम्प पछाडि लगेर असार ६ गते साँझ बालयौन दुराचार गरेको बताइएको छ ।
घटनाबारे जाहेरी आएपछि ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।