२९ जेठ २०८३, शुक्रबार

जीतपुर सिमरा उपमहानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरुद्ध १ करोड २० लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दर्ता

जीतपुर सिमरा उपमहानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरुद्ध १ करोड २० लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दर्ता

बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाई विरुद्ध १ करोड २० लाख २८ हजार ९० रुपैयाँ विगो कायम गरी भ्रष्टाचारको मुद्दा दर्ता गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनी सहित एक फर्म र सो फर्मका संचालक विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सेढाईंले बालगंगा खोलाबाट खोलाजन्य पदार्थ उत्खनन, संकलन तथा बिक्री गर्ने गरी न्यू पाथिभरा सप्लायर्स हेटौंडा-४, मकवानपुरसँग सम्झौता गर्दाको बखत दुई किस्तावापत हुन आउने रकम ठेकेदार कम्पनीबाट कार्य सम्पादन जमानत लिनुपर्नेमा सो नलिई सम्झौता गरेको देखिएको अभियोगपत्रमा उल्लेख छ।

आर्थिक वर्ष २०७६/०७७ मा ठेकेदारको तर्फबाट कबोल बमोजिमको अङ्कमध्ये हालसम्म दाखिला गर्न बाँकी रकम १ करोड २० लाख २८ हजार ९० रुपैयाँ नगरपालिकाको राजस्व रकम चुहावट हुन गएको भन्दै उनी विरुद्ध मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

न्यू पाथिभरा सप्लायर्स, हेटौंडा-४, मकवानपुरका प्रोपाइटर मिराकुमारी श्रेष्ठ र उक्त सप्लायर्स कम्पनीाथि पनि कबोल गरेको अङ्कमा बाँकी दाखिला नगरेको रकम १ करोड २० लाख २८ हजार ९० रुपैयाँ सार्वजनिक निकायलाई हानिनोक्सानी गरेको भन्दै मुद्दा दर्ता गरिएको छ।

salt training

कमेन्ट गर्नुहोस्