
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँको बजेट ल्याएको छ ।
महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले शुक्रवार प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रमलगत्तै उक्त रकमको बजेट ल्याएका हुन् ।
ललितपुरले कल सेन्टर चलाउने नीति तथा बजेटमा रहेको छ ।
महानगरपालिकाबाट कालोपत्रे भएको भएका सडकहरू कम्तिमा २ वर्षसम्म खन्न स्वीकृति नदिने नीति महानगरले लिएको छ ।
ललितपुर महानगरपालिकाले उपभोक्ता समितिबाट निर्माण गराउँदा विश्व सम्पदा सूचीमा परेका बाहेक अन्य सबै योजनामा लागत जनसहभागिता १० प्रतिशत अनिवार्य गरिने नीतिमा लिएको पनि महानगर प्रमुख महर्जनले दिए ।